
Pes
Gfs
Ses
Rgp1
Lnp
Unsku
Rgp
Pbu
pku
Ggp
Sgr
Djs
Srbpu
cjs

Asm
Tsm
Bbu
Pvg
Gst
Ssm
Rsb
Sls
Rgu
Wsp
Sbs
Rgu
nsb
Bbbpu
Hal
Vor
Rgs
Ksm
Ggd

Jmb
Syp
Rmb
Abd
Gsb
Rpp
Mks
bbt
Jmb
Pls
Bml
sab
Ptm
काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी आज पक्राउ परेका छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताउनु भयो ।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वास घातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता रेग्मीले जानकारी दिनु भयो । उहाँले यसबारे थप बताउन चाहनु भएन ।
निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिनु भयो । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफर मार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।
यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उहाँले बताउनु भयो । ‘जाहेरी आएपछि धेरै पटक छलफलका लागि बोलाउँदा पनि उहाँ आउनुभएन’, एसएसपी राठौरले भन्नू भयो ‘त्यसपछि पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिएका हौं ।’ केसीले फिल्म नखेल्ने भनेर लगानी धरापमा परेपछि दशैंको मुखमा ६५ जना प्राविधिक समेत अलपत्र परेको राठौरले बताउनु भयो ।
