सशस्त्र प्रहरी कृष्णनगरद्वारा पचासी हजार बराबरको अवैध सामानहरु बरामद

कपिलवस्तु । कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरद्वा खटिएको टोलीले आज विभिन्न स्थानबाट पचासी हजार बराबरको अबैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टका सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के.सीको कमाण्डमा खटिएर गएको टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी […]

लमहीमा जारी पिएम कपमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै आर्मी क्लब विजयी

दाङ । देउखुरीको लमहीमा जारी रहेको पिएम कपमा विभागीय टाेली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ । नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले दिएकाे ११७ रनकाे मध्यम लक्ष्य २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पुरा गर्याे । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा […]

सामुदायिक वनमा ६ घण्टादेखि लागेको आगो निभाउन प्रहरी,सेना र सशस्त्र परिचालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भएपनि पूर्ण रुपमा नियन्त्रण लिन नसकिएको काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । त्यस्तै उनले भने, ‘नेपाल प्रहरी, नेपाली सेना र […]

अख्तियारद्वारा माधवकुमार नेपाललाई बयानका लागि हाजिर गराउने तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाउने तयारी गरेको छ। योगगुरु रामदेवले स्थापना गरेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद र लगत्तै बिक्रीका लागि भूमी सम्बन्धी कानुन विपरीत स्वीकृति दिएको विषयमा अख्तियारले छानबिन प्रकृयाअघि बढाएपछि नेपाललाई बयानका लागि […]

नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर-१ ‘ख’ को प्रदेश सम्मेल हुँदै,केन्द्रीय सदस्य चौधरीले संबोधन गर्ने

दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर-१ प्रदेश ‘ख’ देउखुरीको प्रदेश सम्मेलन यहीं चैत्र १६ गते लमहीमा हुने भएको छ । बर्षभरी गरेका कामहरुको समीक्षा तथा सुझाब संकलनका लागि नेपाली काँग्रेस केन्द्रीय समितीको निर्णय अनुसार काँग्रेसका विभिन्न समितीहरुले आ-आफ्नो सम्मेलन गर्दैछन् । दाङमा रहेका बिभिन्न काँग्रेस समितीहरुले पनि सम्मेलनको तयारी थालेका छन । यसै अनुरुप […]

दुई युवक र दुई युवती लागूऔषधसहित पक्राउ

धनगढी । धनगढीमा दुई युवक र दुई युवती लागूऔषध सहित पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर-९ घर भई हाल धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रेनुका चौधरी र १८ वर्षीया किशोरीलाई लागूऔषध सहित बिहिबार पक्राउ गरिएको हो । यी दुबै युवतीलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । […]

दियालो मूल समितिको १२ औं बार्षिक साधारणसभा सम्पन्न

दाङ । समुदायमा आधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्च अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ६ र ७ मा क्रियाशिल दियालो मूल समितिको १२ औं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ बिहिवार सम्पन्न भएको छ ।मूल समितिका अध्यक्ष चित्रबहादुर खड्काको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले […]

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र नेपाली सेना प्रमुख सिग्देल बीच भेटघाट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देल बीच बिहिबार आज बिहान धनगढीमा भेटघाट भएको छ । सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा भूतपूर्व सैनिक सम्मेलनको अवसरमा सुदूरपश्चिम प्रदेश पुगेका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर मुख्यमन्त्री शाहसंग भेटघाट गरेका हुन् । सेना प्रमुख सिग्देल र मुख्यमन्त्री शाह […]

त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिद्वारा मृतक केसीको परिवारलाई १० लाख हस्तान्तरण

दाङ । सवारी दुर्घटनामा परी निधन भएका व्यवसायी दिलिप केसीको परिवारलाई राहत स्वरुप १० लाख बिहिबार प्रदान गरिएको छ । त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले बिहिबार आज गाडीमालिक स्वर्गिय केसीको परिवारलाई राहत स्वरुप १० लाख रुपैया हस्तान्तरण गरेको हो । प्रालिका अध्यक्ष सुरेश हमालले मृतक केसीको धर्मपत्नी कमला केसीलाई १० लाख बराबरको चेक हस्तान्तरण गरेका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]