
Csb
Ssb
Ppu
Usb
Fmb
Rks
Gsb
Ssb
jsb
Ksb
Ksb
Nsb
Bsn
Tgp
Ksb
Rsb

Hl1
Ssb
Gsb
Usb
Tsb

Nps
Rgu
ptl
दाङ । समुदायमा आधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्च अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ६ र ७ मा क्रियाशिल दियालो मूल समितिको १२ औं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ बिहिवार सम्पन्न भएको छ ।
मूल समितिका अध्यक्ष चित्रबहादुर खड्काको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले बिपन्न र सिमान्तकृत वर्ग समूदायका महिला दिदीबहिनीहरुलाई आयआर्जनका कामहरु गरि आत्मनिर्भर तथा स्वरोजगार बनाउन दक्षिण देउखुरी अधिकार मञ्च र दियालो मूल समितिको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
दक्षिण देउखुरी अधिकार मञ्चको माताहतमा गढवा र राजपुर गाउँपालिकाका बिभिन्न टोल वस्तिहरुमा सञ्चालित समूहहरुले महिला दिदीबहिनीहरुको क्ष्मता बिकासका बिभिन्न कार्यक्रमहरु सञ्चालन गरि स्थानीय सरकारलाई समेत टेवा पुर्याएको उनले बताइन् ।
कार्यक्रममा बोल्दै दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवरले संस्थाले बिगत लामो समयदेखि निरन्तर रुपमा दक्षिण देउखुरीका वस्तिहरुको बिकास र समृद्धिको बिषयलाई उठान गर्दै समुदायको उत्थानशिलातामा समेत सरकारका निकायहरुको ध्यानाकर्षण गराउँदै आएको बताए । बिपन्न र सिमान्तकृत वर्ग समूदायको जिवनस्तर उकास्न यस संस्थामार्फत धेरै कामहरु गरिएको उनले बताए ।
कार्यक्रममा समाज परिवर्तन मूल समिति गोबरडिहाका अध्यक्ष शोभा रावत, पत्रकार शिबराज पन्थी, चन्दनपुर खानेपानीका उपाध्यक्ष गोपाल प्रसाद पाण्डेय, गढवा गाउँपालिका सहकारी शाखाका सत्यपाल यादव, समूहको तर्फबाट राम भरोष चौधरी, फगवनती कुमाल र गौसरी थापा लगायतले बोलेका थिए ।
प्रभावती यादवको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिक साधारणसभाको सञ्चालन कविता सुवेदीले गरेका थिए । कार्यक्रममा दियालो मूल समितिले बर्षभरी गरेका कामहरु र आगामी योजनाको समेत प्रतिवेदन भरत घर्तिले प्रस्तुत गरेका थिए । दियालो मूल समितिमा १३ वटा समूहहरु रहेको र यस अन्तर्गत ३६ जनालाई बाख्रापालन, १० जनालाई भैंसीपालन, ४० जनालाई बंगुरपालन, कृषि तरकारी तर्फ २० जना, कुखुरापालन तर्फ १५ जना र सिलाई कटाई तथा ब्यापारमा ३ जनालाई सपोर्ट गरेको कार्यक्रममा जानकारी गराइएको हो ।
यसैगरी उद्यमशिलता तर्फ २ जनालाई जनही २०÷२० हजार सहयोग गरिएको, घर बगैंचा कार्यक्रम अन्तर्गत ४१ जनालाई सहयोग गरिएको, १५ जनालाई बाख्राका पाठी प्रदान गरिएको थियो भने,२५ जनालाई तरकारी बिऊ सहयोग तथा २५ जनालाई नेतृत्वबिकास तालिम र १ जनालाई खोर सुधार कार्यक्रम उपलब्ध गराइएको जानकारी गराइएको हो । यसैगरी दियालो मूल समिति मार्फत दुई जना क्यान्सर पिडितलाई २५ हजार रकम सहयोग गरिएको, ५ जना गर्भवती र सुत्केरहिरुलाई पोषण किट सहित तालिम प्रदान गरिएको र टिसीपि ग्लोबल फण्ड मार्फत ३ लाख ५ हजार रकम परिचालन गरि अन्य आयआर्जन मूलक कामहरु गरिएको जानकारी गराइएको छ ।

