
Ppu
Ksb
Fmb
Gsb
Ksb
Bsn
Rsb
Tgp
jsb
Csb
Nsb
Usb
Rks
Ssb
Ssb
Ksb

Gsb
Usb
Hl1
Tsb
Ssb

Nps
Rgu
ptl
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भएपनि पूर्ण रुपमा नियन्त्रण लिन नसकिएको काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
त्यस्तै उनले भने, ‘नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि सकेका छैनौं । त्यसकारण हामी स्थानीय गाउँलेहरूसँग समन्वय गरेर पुन: आगलागी नियन्त्रणको प्रयासमा लागिरहेका छौं।’
यस्तै उनले उक्त वनको विभिन्न ठाउँमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको बताए । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो । अनलाईनखबर
