
Sdc
Msbus
Rgp
Ksbus
Ggp
Lnp
Ksbus
Asbus
Ggp


कपिलवस्तु । कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरद्वा खटिएको टोलीले आज विभिन्न स्थानबाट पचासी हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टका सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के.सीको कमाण्डमा खटिएर गएको टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी मुल्य रु ५०,०००(पचास हजार) बराबरको सुर्ती,खाने तेल,चीनी,पान मसला बरामद गरिएको छ।
त्यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षक हेमराज खत्रीको गाडी मोबाईल टोलीले कृष्णनगर नगरपालिका बहदुरगंजमा छड्के चेकिङ्ग गर्दा हार्डवयेरका विभिन्न सामान जस्तै धारकाे टुटि, ढोकाको ह्याण्डिल,पेन्ट लगायत अन्य सामानहरु अन्दाजी मुल्य रु.३५००० (पैतीस हजार) बराबरको सामान बरामद गरीएको हो ।
यस्तै उक्त बरामद गरिएका खाद्यान्न र हार्डवयेरका सामानहरु गरी जम्मा रु ८५,००० (पचासी हजार) बराबरको सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण सिंहले जानकारी दिए ।
