दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर-१ प्रदेश ‘ख’ देउखुरीको प्रदेश सम्मेलन यहीं चैत्र १६ गते लमहीमा हुने भएको छ ।
बर्षभरी गरेका कामहरुको समीक्षा तथा सुझाब संकलनका लागि नेपाली काँग्रेस केन्द्रीय समितीको निर्णय अनुसार काँग्रेसका विभिन्न समितीहरुले आ-आफ्नो सम्मेलन गर्दैछन् । दाङमा रहेका बिभिन्न काँग्रेस समितीहरुले पनि सम्मेलनको तयारी थालेका छन ।
यसै अनुरुप दाङ-१ प्रदेश ‘ख’ को प्रदेश सम्मेलन चैत्र १६ गते गर्ने निर्णय गरेको प्रदेश ‘ख’ का सभापती दिनेश गिरीले जानकारी दिए । सम्मेलनले काँग्रेसी बिचको सामिप्यतालाई प्रगाढ गराउने र जसले नेपाली काँग्रेस सिँगो पार्टीलाई अगाडि बढ्न सहयोग पुग्ने गिरीले बताए ।
त्यस्तै प्रदेश सम्मेलनको संबोधन नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको प्रमुख अतिथीका रुपमा चौधरी आउने कार्यक्रम तय भएको प्रदेश ‘ख’ समितीले जनाएको छ । सम्मेलनमा बर्षभरी गरेका कामहरुको समीक्षा, सुझाब संकलन तथा भाबी योजनाका तयारी समेत गरिने सभापती गिरीको भनाई छ ।
यस्तै चैत्र १६ गते लमही नगरपालिकाको हलमा हुने प्रदेश सम्मेलनमा प्रदेश समितीले नेता, कार्यकर्ता तथा शुभेच्छुक लगायत सम्पुर्णमा अनिवार्य उपस्थितीका लागि अनुरोध गरेको छ ।