Sidha Patra शुक्रबार, चैत्र ०८, २०८१

धनगढी । धनगढीमा दुई युवक र दुई युवती लागूऔषध सहित पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका वडा नम्बर-९ घर भई हाल धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रेनुका चौधरी र १८ वर्षीया किशोरीलाई लागूऔषध सहित बिहिबार पक्राउ गरिएको हो ।

यी दुबै युवतीलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । यस्तै धनगढी उपमहानगरपालिका –३ फिस रिसोर्ट नजिक सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१ –०२ प ०१४० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालकले हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अबस्थामा चालक बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल राना र मोटरसाइकल पछाडी सवार गोदावरी नगरपालिका –६ बस्ने २१ वर्षीय रवी चौधरी पक्राउ परेका छन् ।

त्यस्तै यी दुबै युवकलाई १५० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ । यी चारै जनालाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]