धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देल बीच बिहिबार आज बिहान धनगढीमा भेटघाट भएको छ ।
सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा भूतपूर्व सैनिक सम्मेलनको अवसरमा सुदूरपश्चिम प्रदेश पुगेका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर मुख्यमन्त्री शाहसंग भेटघाट गरेका हुन् ।
सेना प्रमुख सिग्देल र मुख्यमन्त्री शाह बीचको भेटघाटमा दुवैबिच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिए ।
त्यस्तै भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए। यस प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडिमालिकामा पर्यटन विकासका लागि अहिले नेपाली सेनाले काम गरिरहेको छ ।