सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलायो

काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भएकाले काममा फर्कन आग्रह गरेको छ । कर्मचारी केन्द्रीय संघर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले दैनिक काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नियमित प्रदर्शन समेत गर्दै […]

राजपुरकाे शंकर माविमा नयाँ वि.व्य.स.गठन,अध्यक्षमा सर्वसम्मत दिनानाथ यादव चयन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया स्थित शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ। शनिबार विद्यालयमा भएको दोस्रो अभिभावक भेलाले दिनानाथ यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित अन्य ८ जना पदाधिकारी चयन गरिएको शंकर माध्यमिक विद्यालयले जनाएको छ । शिक्षा नियमावली अनुसार शनिबार बसेको अभिभावक भेलाबाट खुल्ला सदस्यमा लिलाराम […]

गुरुकुल एकेडेमीमा साडि लगाउने प्रतियोगिता सम्पन्न

दाङ । गुरुकुल एकेडेमीमा कक्षा ७ देखि १० सम्मका छात्राहरुको साडि लगाउने प्रतियोगिता बुधबार सम्पन्न भएको छ । घोराहीमा रहेको गुरुकुल एकेडेमीको आयोजनामा भएको उक्त साडि लगाउने प्रतियोगितामा कक्षा ७,८,९ र १०का छात्राहरु सहभागि भएका थिए । प्रतियोगिता २ समुहमा विभाजन गरी सम्पन्न गरीएको प्रतियोगिताका संयोजक तथा विद्यालयका सहयाक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । […]

लमहीमा गुरुकुल एकेडेमीको भवन शिलान्यास,गुणस्तरीय शिक्षा पुरा गर्नेमा विश्वास

दाङ । देउखुरीको लमहीमा गुरुकुल एकेडमीको भवन शिलान्यास गरिएको छ । आउने शैक्षिक सत्रदेखि कक्षा ९ सम्म पढाई सञ्चालन गर्ने उद्देश्यका साथ बिहीबार दाङको लमहीमा गुरुकुल एकेडमीले विद्यालय भवन बनाउन थालेको हो । लमही नगरपालिका वडा नम्बर ५ स्थित गोरक्ष रत्ननाथ मन्दिर क्षेत्रको ३० कट्ठा जग्गामा विद्यालय भवन बनाउन थालिएको छ । विद्यालय सञ्चालक समितिका […]

गुरुकुल एकेडेमीद्वारा राउटेलाई दशै खर्च प्रदान

दाङ । दाङको घोराहीमा रहेको अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल गुरुकुल एकेडेमीले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । गुरुकुल एकेडेमीका अध्यक्ष ई। अनन्तराज घिमिरेले दशै खर्च माग गर्दै दाङ आईपुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराउनु भएको हो ।ई। घिमिरेले दशै खर्च बापत १० हजार रुपैँया उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया […]

सडकमै सुतेर राहतका शिक्षकहरुद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । त्यस्तै २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी […]

जनज्योति माविमा बाल कक्षा कोठा व्यवस्थापन र सामग्री प्रयोग सम्बन्धी तालिम

दाङ । राजपुर -२ बेला स्थित जनज्योति माविमा बाल कक्षा कोठा व्यवस्थापन गर्नुका साथै सामग्री प्रयोग सम्बन्धी तालिम सुरु भएको छ। राजपुर गाउँपालिकाकाे समन्वय, स्ट्रोम फाउन्डेसन नेपाल र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको सहयोग तथा नेपाल एजुकेस्नल गुडस् सप्लायारस्को प्राविधिक सहयोगमा आइतबार २ दिने बाल कक्षा कोठा व्यवस्थापन साथै सामग्री प्रयोग सम्बन्धी तालिम […]

सरकारसंग ६ बुँदे सहमति भएपछि शिक्षकहरु घर फर्कंदै,छुटेको कक्षा बिदामा पढाइने

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ । नेपाल सरकारसँग शुक्रबार भएको ६ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका […]

आन्दोलित शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् । कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकसँगको वार्तालाई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]