
Ddhbs
Gsbus
gms
Pbu
Ratbs
Amb
dsbus
Rbs
Nssbus7
Csbus
Bksbus5
Ssbus
Gsl
Jsbus

Ssm
Wsp
Rsb
Bbu
Rgu
Ggd
Bbbpu
Rgu
Asm
Ksm
Tsm
Sls
Rgs
Gst
Vor
Pvg
Sbs
Hal
nsb

Rpp
Rmb
Jmb
Syp
Mks
bbt
Gsb
Ptm
Jmb
Bml
Pls
sab
Abd
दाङ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाले गढवा गाउँपालिकामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीलाई बिहीबार आज एक कार्यक्रमको बीच सम्मान गरेको छ।
शैक्षिक सत्र २०७९ मा सर्वोत्कृष्ट नतिजा ल्याउने गढवा गाउँपालिकाका २ सामुदायिक विद्यालय र २ जना विद्यार्थीलाई सम्मान गरेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाका अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो।
सम्मानित हुनेमाआधारभूत विद्यालय र मावि विद्यालयहरुलाई सम्मान पत्र दिईएको हो । सम्मानित हुनेमा शैक्षिक सत्र २०७९ मा कक्षा ८ को नतिजा अनुसार उत्कृष्ट अंक ल्याउने दिपेन्द्र होमजुन माध्यामिक विद्यालय प्रसेनीले जम्मा विद्यार्थी संख्या ३७ मध्ये ३० जना ८१.०८ विद्यार्थी प्रतिशत उत्तीर्ण गराउन सफल भएकोले सम्मानित भएको छ।
त्यसैगरी जनमुखी आवि रङसिङ्ग ७७.५ प्रतिशत ल्याई दोसो र आवि बनघुस्री ६९.३६ प्रतिशत सहित तेस्रो स्थान ल्याएको हो । यस्तै सम्मानित हुनेमा कक्षा १० को उत्कृष्ट नतिजा ल्याउन सफल जनता माध्यमिक विद्यालय कालाकाटे ९२ विद्यार्थी मध्ये ७३ जना ७९.३४ प्रतिशत उतिर्ण गराउन सफल भएकोले सम्मानित भएको छ ।
त्यसैगरी जनता माध्यमिक विद्यालय गढवाले ७०.५ प्रतिशत उतिर्ण गराई दोस्रो र माध्यमिक विद्यालय पचहिया ७०.४९ प्रतिशत सहित तेस्रो स्थान ल्याएको हो । यस्तै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाले कक्षा ८ को शैक्षिक सत्र २०७९ मा गढवा गाउँपालिकामा उत्कृष्ट अंक ल्याउने जनता माध्यमिक विद्यालय गढवाकी छात्रा निरजला पुन मगरलाई सम्मान गरेको छ । पुन मगरले ३.७ जीपीए सहित पालिका उत्कृष्ट हुनु भएको हो भने दिपेन्द्र होमजुन माध्यमिक विद्यालय प्रसेनीका अर्जुन गिरी ३.३८ जीपीए सहित द्वितीय, आवि बनघुस्रीकी छात्रा गायत्री पौडेल ३.३५ जीपीए सहित तृतीय र आदर्श रात्री आधारभूत विद्यालय गोबरडियाका छात्रा दिपाशा चौधरी ३.३३ जीपीए ल्याई चौथो स्थान हासिल गर्नु भएको थियो । त्यसैगरी गढवा गाउँपालिकामा शैक्षिक सत्र २०७९ मा कक्षा १० मा उत्कृष्ट अंक ल्याउने सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका छात्रा श्रेया थापा लाई सम्मान गरिएकाे हाे। थापा एसईईमा ३.६८ जीपीए ल्याई पालिका उत्कृष्ट हुनुभएको थियो ।
त्यस्तै उक्त सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सम्मानले विद्यार्थी र विद्यालयहरु बीच प्रतिस्पर्धा हुने बताउनु भयो । विद्यालय र विद्यार्थीहरुको मनोबल बढाउने हिसावले गरिएको सम्मान कार्यक्रम राम्रो प्रयास भएको बताउनु भयो ।
त्यसैगरी सम्मान कार्यक्रममा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाका अध्यक्ष युवराज पोख्रेलले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताउनु भयो । विद्यालयहरुको गुणस्तर वृद्धिको लागि हरेक क्षेत्रमा सहयोग गर्न सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवा तयार रहेको पनि बताउनुभयो । गढवा गाउँपालिकामा शैक्षिक सुधारका लागि महासंघ सधै तत्पर रहेको र सहकार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाका संयोजक युवराज पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघ गढवाका पदाधिकारी, शिक्षक तथा गढवा गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक रविलाल सहितको उपस्थिति रहेको थियो।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाका सह-संयोजक दयाराम यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा महासंघका सचिव राधेश्याम थारुकुमालले गर्नु भएको थियो ।
