
Csbus
Ssbus
Ddhbs
Rbs
Amb
dsbus
Ratbs
Gsbus
Nssbus7
Gsl
Pbu
Jsbus
Bksbus5
gms

Bbbpu
Rgu
Sls
Hal
Rgu
Wsp
Rgs
Gst
Sbs
Tsm
Ssm
Rsb
Asm
nsb
Pvg
Bbu
Ksm
Vor
Ggd

Gsb
bbt
Abd
Rmb
Pls
Mks
Ptm
sab
Rpp
Bml
Jmb
Jmb
Syp
दाङ । जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सब समारोह मंगलवार गढवामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि मेटमणी चौधरीले विद्यार्थी,अभिभावक र शिक्षकले जिम्मेवारी पुरा गर्न सके मात्र गुणस्तरीय शिक्षा दिन सक्ने बताउनुभयो । नेपालमा १२ कक्षा पास गरी बिदेश जानेहरुको संख्या दिन प्रतिदिन बढ्दै जानु दुखद पक्ष भएको बताउदै पढ्ने उमेरमा कमाउने मनस्थिति ठुलो समस्या भएको बताउनुभयो ।
यस्तो खालको मनस्थितिले समाजको भलो नहुने बताउदै पढाईका लागि मानसिक रुपमा तयारी गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो । गुणस्तरीय शिक्षा दिन सके मात्र समाज बदलिने बताउदै व्यवहारिक र गुणस्तरीय शिक्षामा बढी जोड दिन पर्ने बताउनुभयो। विद्यालयको स्थापनाकालदेखि नै योगदान गर्नु हुने परशुनारायण चौधरी जस्ता पात्रहरुको ठुलो योगदान भएको भन्दै त्यस्तो कैयौ ब्यक्तित्वहरुलाई कहिल्यै भुल्न नहुने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका बिशिस्ट आतिथी शारदा कुमारी चौधरीले विद्यालयको शैक्षिक गुणस्तरका लागि स्थानीय सरकारको तर्फबाट कुनै पनि सहयोग गर्न कुनै कसर बाँकी की नराख्ने बताउनुभयो। उहाँले विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएकोप्रति खुसी व्यक्त समेत गर्नु भयो ।
बिगतमा केही नतिजा सन्तोषजनक नआएतापनि पछिल्लो समयमा जनता माध्यमिक विद्यालयले राम्रो सुधार गरेको प्रति खुसी ब्यक्त गर्नु भयो। शिक्षा समाजको ऐना हो, जीवन जीउने आधार हो र विकासको मेरुदण्ड भएकोले गढवा गाउँपालिकाले शिक्षामा आमूल परिवर्तनका लागि जीवन मुल्य शिक्षा कार्यक्रम लगायतका कार्यक्रम सुरु गरेको बताउनु भयो। गढवा गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि सम्बन्धित सबैसंग सहकार्य गर्दै उत्कृष्ट नतिजा ल्याउने वारे सुरुवाती चरणदेखि नै लागिपरेको जानकारी दिनुभयो।
विद्यालयको ६३ औँ वार्षिकोत्सवमा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्रध्यानाध्यापक राम सुरत यादवले विद्यालयको भौतिक एवम् आर्थिक प्रगति संगै शैक्षिक गुणस्तरमा सुधार आएसँगै विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको समेत उहाँले बताउनु भयो। विक्रम सम्बत २०१७ सालमा नेपाल राष्ट्रिय पाठशाला मानपुरको नाममा स्थापना भएको हो।
नेपाल नयाँ शिक्षाको सुरुवातसंगै विक्रम संवत २०२९ सालमा निम्न माध्यमिक विद्यालय तहको स्वीकृती,विक्रम सम्बत २०३९ माध्यमिक विद्यालय तहको अनुमति प्राप्त गरी माध्यमिक तहको स्थायी स्वीकृती बिक्रम सम्बत २०५२ सालमा प्राप्त भएको जानकारी दिनुभयो। साथै २०६३ सालको प्राप्त सम्बन्धनको अनुमतिले बिक्रम सम्बत २०६३-२०६४ सालदेखि उच्च माध्यमिक विद्यालय तहको समेत पठनपाठन सुरु भएको जानकारी दिनु भयो।
विद्यालयमा ३३ वटा सिसिटिभी क्यामेरा जडान गरिएको बताउनु भयो। लामो समयदेखि विद्यालयको भोगाधिकारमा रहेका जग्गा समेत नापीशाखा लमहीबाट सुचिकृत भैसकेको जानकारी दिनु भयो। साथै विद्यालयमा हालसम्म ६ वटा स्मृति कोष स्थापना भएको छ। बहादुर स्मृति कोष, शोभादेवी स्मृति कोष,ऋषिराम पण्डित स्मृति कोष,फर्सुराम सुमकला स्मृति कोष,प्रेम बिसी स्मृति कोष,यागेश्वर पाण्डे स्मृति कोष स्थापना भएका छन् । हाल विद्यालयमा लगभग १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेको कुरा प्रधानाध्यापक यादवले जानकारी दिनुभयो।
त्यस्तै ६३औं वार्षिक उत्सव समारोहमा एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने हरि बहादुर स्मृति कोषबाट नवराज पौडेल र कक्षा १२ का उत्कृष्ट अंक ल्याउने प्रतिज्ञा न्योपानेलाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट शिक्षकको रुपमा वर्ष शिक्षक पुरस्कारबाट राम गोपाल यादवलाई सम्मान गरिएको हो। वार्षिक उत्सव समारोहमा शिक्षा प्रेमी तथा समाजसेवी उमाकन्त पन्त,जगतराम यादव,गणेश कुमाल,तेजप्रसाद न्यौपाने,रेशम बिसी,दिनामणी आचार्य,कृष्णराज पाण्डे,ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल दिपक कुमार यादव,शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिकाश रजौरे, नेपाल हर्ट फाउण्डेशनका रविलाल आचार्य, जनज्योति मावि बेलाका प्रधानाध्यापक केशवराम यादव,पुर्व विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक कुमार यादव,नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव लगायतकाले बोल्नु भएको थियो ।
जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिका राधा गौतमले गर्नु भएको थियो ।


