
Csbus
Gsl
Gsbus
Ddhbs
dsbus
Nssbus7
gms
Bksbus5
Pbu
Ratbs
Rbs
Jsbus
Ssbus
Amb

Rgu
Rsb
Wsp
nsb
Gst
Ssm
Sls
Vor
Rgu
Bbu
Ksm
Rgs
Pvg
Ggd
Hal
Tsm
Bbbpu
Sbs
Asm

Abd
Gsb
Ptm
Jmb
Mks
sab
Rmb
bbt
Syp
Rpp
Bml
Jmb
Pls
दाङ । दक्षिण देउखुरीको पुरानो निजी बिद्यालय गढवा स्थित बुद्धज्योति माध्यमिक बिद्यालयको २९ औं बार्षिकोत्सव बिविध कार्यक्रमका साथ शनिवार गढवामा सम्पन्न भएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशबराम यादवको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष पोखे्रलले गतबर्षको कक्षा ८ को नतिजालाई निर्मम समिक्षा गर्दै शिक्षा क्षेत्रको गुणस्तर बृद्धि गर्न गाउँपालिकाले धेरै हद सम्म प्रयास जारी गरेको बताउनुभयो । शिक्षा नै बिकास र समृद्धिको जग भएको बताउँदै अध्यक्ष पोख्रेलले गाउँपालिकाले स्थानीय पाठ्याक्रमको पठन–पाठन सुरु गरी स्थानीय संस्कार, संस्कृतीको सिकाईलाई मजबुत बनाउन थालेको औंल्याउनु भयो ।
निजी बिद्यालयका शिक्षकहरुले मेहनत गरेकै कारण गुणस्तरीय पठनपाठन हुँदा नतिजा राम्रो आउने गरेको भएपनि अबका दिनमा सरकारी बिद्यालयमा पनि अपेक्षाकृत नतिजा राम्रो बनाउने कोशिसमा पालिका लागिपरेको बताउनुभयो । गाउँपालिकाले कार्यबिधि पारित गरेर स्वयंसेवक शिक्षकहरुको ब्यवस्थापन र दरबन्दि मिलानको कामलाई अगाडी बढाईरहेको उहाँको भनाई थियो ।
बार्षिकोत्सव समारोहमा नेपाल सरकारका स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा राप्ती इन्जीनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरी,प्याप्सन दाङका अध्यक्ष मधुसुदन केसी, गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले,वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापा,प्याप्सन दाङका सल्लाहकार तथा सनलाईट माध्यमिक बिद्यालय लमहीका प्राचार्य रेशम बहादुर बुढा,प्याप्सन दाङका उपाध्यक्ष बिकास रजौरे,गोर्खा माध्यमिक बिद्यालय लमहीका प्रिन्सीपल लोकमान रिजाल,ज्योतिषमति बिद्यापिठ लमहीका प्रिन्सीपल नारायण भुसाल,एन प्याप्सन गढवाका अध्यक्ष निर्मल रावत,प्रतिष्ठा एकेडमी कालाकाटेका प्रिन्सीपल दिपक पोख्रेल र शिक्षाप्रेमी समाजसेवी तेजप्रसाद न्यौपाने तथा बिद्यार्थी दर्शना यादव लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा बर्षभरीको पठन–पाठन र अतिरीक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने बर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो । बिद्यालयका प्रिन्सीपल बसन्तराज भट्टराईले कार्यक्रममा बिद्यालयको संस्थागत प्रतिवेदन र बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा बिद्यार्थीहरुद्वारा तयार गरिएको बिज्ञान प्रदर्शनिको समेत अतिथीहरुले अबलोकन गर्नुभएको थियो । बिद्यालयका प्रबन्ध निर्देशक शंकर पाण्डेयको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको सहजीकरण शिक्षक मञ्जु पौडेलले गर्नु भएको थियो ।

