
Ratbs
Amb
Jsbus
Bksbus5
gms
dsbus
Ddhbs
Ssbus
Nssbus7
Gsl
Rbs
Gsbus
Csbus
Pbu

Gst
Rgu
Bbbpu
Tsm
Hal
Sbs
nsb
Ksm
Rsb
Asm
Bbu
Vor
Sls
Ssm
Wsp
Rgu
Rgs
Pvg
Ggd

Pls
Jmb
bbt
Abd
Ptm
Rpp
sab
Rmb
Syp
Gsb
Mks
Bml
Jmb
दाङ । गुरुकुल एकेडेमीले तुलसीपुरमा सेवा बिस्तार गरेको छ । बिगत ८ बर्ष देखि जिल्लाको घोराहीबाट सेवा दिदै आएको एकेडेमीले आगामी शैक्षिक सत्रदेखी तुलसीपुरबाट शैक्षिक सेवा सुरु गर्ने जनाएको छ ।
एकेडेमीले बिहिवार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै सेवाक्षेत्र विस्तारका बारेमा जानकारी गराएको हो । गुरुकुल एकेडेमीले थप शाखाको रुपमा तुलसीपुरमा पठनपाठन सन्चालन गर्न लागिएको संस्थापक अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिनु भयो ।
शिक्षा,सस्कार र सस्कृतिको त्रिवेणी,गुरुकुल एकेडेमी भन्ने नारासहित विसं २०७२ सालमा दाङको स्थापना भएको गुरुकुल एकेडेमीले घोराहीको सफलता पछि अब तुलसीपुर र लमहीमा सेवा विस्तार गर्न लागेको उहाँले जानकारी दिनु भयो । घिमिरेले पछिल्लो समय बालबालिकाहरुमा पाठ्यपुस्तकसंगै जिवनउपयोगी,अतिरिक्त तथा प्रविधिमैत्रि शिक्षा पनि अति आवश्यक भएको हुँदा यसलाई मध्येनजर गर्दै गुरुकुल एकाडेमी अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा गुरुकुल एकाडेमी घोराहीका प्रिन्सिपल डाक्टर कृष्णराज डिसीले दाङमा सरकारी तथा निजीस्तरका धेरै विद्यालयहरु भएता पनि गुरुकुलले प्रदान गर्ने शिक्षा संस्कार बेग्लै प्रकारको भएको बताउनु भयो । यसकारण पनि अविभावकहरु यसतर्फ आकर्षित भएको जोड दिनु भयो । डिसीले गुरुकुलले शिक्षामा नयाँ ईट्टा थप्नेकाम गरेको समेत बताउनु भयो ।
कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका नवनियुक्त प्रिन्सीपल मुकुन्द गिरीले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन तुलसीपुरबाट सेवा बिस्तार सुरु गरेको बताउनु भयो । विद्यालयमा जीवन उपयोगि सीपहरुलाई विशेष प्राथमिकतामा राखेर पठनपाठन गराइने उहाँले बताउनु भयो ।
प्रबिधि मैत्री कक्षा कोठा,शान्त र सुरक्षित बाताबरण हुने भएकाले एकेडेमीले अरुभन्दा फरक ब्यबस्थापनमा शैक्षिक गतिविधि सन्चालन गर्दै आएको जानकारी दिनु भयो । पुराना संस्कार संस्कृतको संरक्षण सम्मुनत मानव निर्माण गुरुकुलको मुख्य उदेश्य रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार आगामी शैक्षिकसत्रदेखि पठनपाठन सुरु हुनेछ भने यहीँ माघ ११ गते सरस्वती पुजाको दिनदेखि नयाँ भर्ना अभियान खुल्ला हुने बताउनु भयो । यस्तै शिक्षाविद रामचन्द्र कंडेलले आउदो शैक्षिकसत्रदेखि लमही क्षेत्रमा पनि विद्यालयले पठनपाठन सन्चालन गर्ने योजना रहेको बताउनु भयो ।
संस्थाका सिइओ जयन्त उपाध्याय भ्याली स्टार बोर्डिङ स्कुललाई मर्जगरि गुरुकुल एकेडेमी तुलसीपुर स्थापना गरेको बताउनु भयो । शिक्षाविद विष्णुकुमार देवकोटाले सिपयुक्त जनशक्ति निमार्णमा गुरुकुलले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ दाङ शाखा सह-सचीव दिप्तिशिखा चौधरीले गुरुकुलले नैतिक र व्यबहारिक शिक्षालाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधि सन्चालन गर्नुपर्ने बताउनु भयो।
गुरुकुल एकेडेमी तुलसीपुरका संचालक समितिका सदस्य अभियान बस्नेतको स्वागतबाट संचालन भएको कार्यक्रमको सहजीकरण प्लसटु कोर्डिनेटर निमानन्द गैरेले गर्नु भएको थियो ।
