Sidha Patra बिहिबार, मंसिर २१, २०८०

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङका सचिव आदिम के.सी.ले शिक्षालाई नाटकसँग जोड्नुपर्ने बताएका छन् ।

शैली थिएटर काठमाडौँको आयोजनामा दाङमा भएको साताव्यापी अभिनय प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै केसीले पाठ्यक्रमभित्र रहेका भाषा विषयका पाठहरुलाई नाटकसँगै जोडेर अध्यापन गराउन सकिने बताएका हुन् ।

बिहीबार आज दाङको घोराहीमा आयोजना भएको गरेको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले शिक्षालाई नाटकसँग जोड्न सकेमा सिकाइ प्रक्रिया सहज हुने बताएका छन् । ‘भाषा विषयका कतिपय पाठ तथा अन्य विषयका विषयबस्तुलाई पनि नाटकसँग जोड्न सकेमा सिकाइ सहज हुन्छ । सुनेका कुराभन्दा हेरेका, देखेका कुरा बढी अविस्मरणीय हुन्छन् । विद्यार्थीलाई कठिन लागेका विषयबस्तु कथानक शैलीमा प्रस्तुत गर्न सकियो भने सिकाई सहज हुन्छ । अब शिक्षालाई नाटकसँग जोड्न आवश्यक छ ।’ प्रमुख अतिथि केसीले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा गोदावरी इङ्लिस मिडियम स्कुलका प्रबन्ध निर्देशक विष्णुप्रसाद दाहालले दाङमा नाट्य क्षेत्रको बिस्तार विकास लागि थिएटर आवश्यक रहेको बताए ।

शैली थिएटरको आयोजना, गोदावरी इङ्लिस मिडियम स्कुलको व्यवस्थापन तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा दाङमा एक हप्ते अभिनय प्रशिक्षण कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लाभरका तीन दर्जन बढीले प्रशिक्षण लिएको कार्यक्रमका संयोजक हरि पौडेलले जानकारी दिए । कार्यक्रममा प्रशिक्षार्थीहरुले कक्षा १० को नेपाली विषयमा रहेको ‘घरको माया’ एकाङ्कीलाई प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ग्लोबल एकेडेमीका प्रिन्सिपल किरण न्यौपाने, युरो किड्सका प्रिन्सिपल सुधीर बत्स्याल, प्रशिक्षक सबिन न्यौपाने लगायतले मन्तव्य राखेका थिए । शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक हरि पौडेलले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]