दाङ क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसको तर्फबाट योगेन्द्र चौधरीलाई उम्मेदवार

दाङ । नेपाली काङ्ग्रेसले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ । काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री समेत रहेका चौधरीलाई पार्टीले उम्मेदवारको लागि टिकट दिएको हो । चौधरी यस अघि समानुपातिक सांसद समेत भैसकेका छन् ।

राष्ट्रिय जनमोर्चाले गर्‍यो दाङका तीनवटै क्षेत्रको उम्मेदवार घोषणा

दाङ । राष्ट्रिय जनमोर्चाले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दाङ जिल्लाका तीन निर्वाचन क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ । जस अनुसार क्षेत्र नम्बर १ बाट गणेश आचार्य, क्षेत्र नम्बर २ बाट मनीराम खनाल र क्षेत्र नम्बर ३ बाट कमला जिसी रहेका छन् । राजमोले चुनावी प्रतिस्पर्धामा उतारेका तीनैजना उम्मेदवारहरु इमानदार,संघर्षशील र जनमुखी नेताका […]

दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मेटमणी चौधरीको उम्मेदवार

दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट दाङ क्षेत्र नम्बर १ को उम्मेदवारीका लागि मेटमणी चौधरीले टिकट पाएका छन् । पार्टीको तर्फबाट लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम लगायतका नेताहरुको उम्मेदवारीका लागि आकाङ्क्षिको रुपमा आफुलाई प्रस्तुत गरेको भएपनि अन्तमा चौधरीले टिकट पाएका हुन् । विगत २०७४ देखि निरन्तर यस क्षेत्रबाट चुनाव जित्दै आएका चौधरीले […]

दाङ क्षेत्र नम्बर १ मा रास्वपाबाट देवराज पाठक उम्मेदवार

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दाङ क्षेत्र नम्बर १ को उम्मेदवारका लागि देवराज पाठकले टिकट पाएका छन् । रास्वपा लुम्बिनी प्रदेशका सभापति तथा केन्द्रीय सदस्य समेत रहेका पाठक यस अघि २०७९ सालको निर्वाचनमा चुनाव लडेर पराजित भएका थिए । चुनावमा पराजित भएपनि उनि निरन्तर संगठन विस्तारमा खटेका थिए । त्यस्तै टिकटका लागि भोजराज थापा,गगन […]

सञ्चार,सूचना तथा प्रविधिमन्त्री खरेलद्वारा पदबाट राजीनामा

काठमाडौं । आज सञ्चार,सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ । कार्की नेतृत्वको मन्त्रिपरिषदबाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र […]

प्रतिनिधिसभा चुनाव लड्नका लागि लुम्बिनी प्रदेशका ३ सांसदले दिए राजीनामा

रुपन्देही। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । प्रदेश सभा सचिवालयका अनुसार दाङबाट प्रदेश सभा सदस्य रहेका नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की,बर्दियाबाट सदस्य निर्वाचित उज्यालो नेपाल पार्टी महासचिव धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कन्हैया बानियाँले राजीनामा दिएका हुन् । लुम्बिनी […]

अमरे शकुमार सिंह र रहबर अन्सारी रास्वपामा प्रवेश

काठमाडौँ । विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन् । सोमबार मधेस प्रदेशको राजधानी जनकपुरमा भएको बलिदानी दिवसको अवसर पारेर सिंह रास्वपा प्रवेश गरेका हुन् । लामो समय कांग्रेसको राजनीति गरेका सिंह २०७९ सालको निर्वाचनमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो पटक रास्वपाबाट सर्लाही ४ बाट उम्मेदवारी दिने […]

एमाले अध्यक्ष ओली झापा पुगेर भने–जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ

झापा । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा सोमबार गृहजिल्ला झापा पुगेका ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,’उनले भने,’हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।’ निर्वाचन शान्तिपूर्ण, […]

रास्वपाले बनायो जेनजी आन्दोलनका घाइते प्रकाशलाई समानुपातिक उम्मेदवार

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका दैलेखका प्रकाश बहादुर बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको रास्वपाको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ बोहोराको नाम चार नम्बरमा समावेश भएको हो । रास्वपाले बन्दसूची दर्ता गराउँदा कर्णालीबाट तीन जनाको नाममात्रै समावेश गरेको थियो, जसमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]