
Ksbus
Ssbus
Nssbus7
bpmhl
Lsbus
Ksbus
Pbu
gms
Gsbus
Ssbus
Ssbus
Csbus
Ksbus
dsbus
Gsl
Bksbus5
Rsbus
Bsbus
Jsbus

Ksm
Sls
Pvg
Gst
Wsp
Rgu
Vor
Sbs
Bbu
Asm
Hal
Ggd
Ssm
nsb
Rgu
Rgs
Rsb
Bbbpu
Tsm

Rpp
Jmb
Mks
Ptm
Jmb
Rmb
Gsb
Bml
sab
Abd
bbt
Syp
Pls
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७औं स्थपना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरु समेटिने एक नेताले बताए । अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो ।
त्यस्तै अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरेर बैशाख ५ गते घर फर्केका हुन् । स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् । कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ ।
नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल बैशाख ९ गते नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरिएको थियो । ओलीको तस्बिरविनै पार्टी स्थापना दिवसमा एमालेको प्रचार एमालेले पार्टीको ७७औँ स्थापना दिवसका लागि अध्यक्ष केपी ओलीको तस्बिरविनै कार्यक्रमको प्रचार गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो २ बजे आयोजना गरिएको कार्यक्रमका लागि महासचिव शंकर पोखरेलले नै अध्यक्ष ओलीको तस्बिरविनैको सूचना सामग्रीको प्रचार गरेका छन् ।
एमालेभित्र पार्टीलाई केन्द्रदेखि तलैसम्म पुनर्गठन गर्नुपर्ने आवाज उठिरहेका वेला पार्टी स्थापना दिवसका अवसरमा गरिने कार्यक्रमको सूचना सामग्रीमा तयार पारिएका विभिन्न सामग्रीमा ओलीको तस्बिर नराखिएकाले एमाले वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । जबकि ओलीको विश्वासपात्र महासचिव पोखरेलले नै उनको तस्बिर नराखिएको सूचना पोस्टरमार्फत कार्यक्रममा सहभागी हुन पार्टीपंक्तिलाई अपिल गरेका छन् ।
त्यस्तै केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले कार्यक्रममा सहभागी हुन आह्वान गरिएको सूचना मात्र भएकाले कसको तस्बिर राखियो कि राखिएन भन्ने कुराको कुनै अर्थ नै नभएको बताए । ‘मूल ब्यानरमा होइन, कार्यक्रममा सहभागी हुन सूचित गरिएको सूचना सामग्रीमा अध्यक्षको तस्बिर नराखिएको हो, सूचना सामग्रीमा कहाँ राखिन्छ त ?’ अधिकारीले भने । उनले कार्यक्रमको मूल ब्यानर तयार नभइसकेको भन्दै स्वास्थ्य अवस्थाका कारण अध्यक्ष ओलीको उपस्थितिमा स्थापना दिवससम्बन्धी कार्यक्रम आयोजना हुने कि नहुने अझै निश्चित भइनसकेको बताए । ‘अध्यक्षज्यू अप्रेसन गरेर स्वास्थ्य लाभमा हुनुहुन्छ, यस्तो अवस्थामा उहाँ स्थापना दिवसजस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुने कि नहुने अझै तय भइसकेको छैन, त्यसैले सहभागिताका लागि आह्वान गरिएको सूचना सामग्रीमा उहाँको तस्बिर किन राखिएन भन्ने प्रश्नकै अर्थ रहेन,’ उनले भने ।
स्थापना दिवस पनि एमालेले सामान्य रुपमै मनाउने तयारी गरेको छ । १७ चैतमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले पार्टी स्थापना दिवसमा अन्तर्क्रिया, संवाद, विचार गोष्ठीलगायत विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउने निर्णय गरेको थियो । अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पनि कार्यक्रममा वक्ता को–को रहने, कसरी कार्यक्रम सञ्चालन गर्ने तय भइनसकेको केन्द्रीय कार्यालययले जनाएको छ । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र सल्लाहकार र उपत्यकामा रहेका पार्टीका कार्यकर्ता तथा शुभेच्छुकको उपस्थितिमा कार्यक्रम आयोजना गरिए पनि अरु पार्टीबाट सहभागी हुने गरी एमालेले कसैलाई पनि आमन्त्रण गरेको छैन ।
त्यस्तै विगतमा भने एमालेले आफ्नो प्रचार सामग्री तयार गर्दा र पार्टी कमिटीहरूले कुनै पनि कार्यक्रमको ब्यानर बनाउँदा अध्यक्ष ओलीको तस्बिर अनिवार्य राख्न निर्देशन दिएको थियो । २९ साउन ०८० को सचिवलाय बैठकले सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीबाहेक अन्यको फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो । त्यतिवेला तत्कालीन उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी पार्टीका निर्णयबारे नेता–कार्यकर्तालाई परिपत्र गरिएको सामाजिक सञ्जालबाटै पनि जानकारी दिएका थिए ।नयाँपत्रीका
