
bpmhl
Rsbus
Ksbus
Bsbus
Ksbus
Jsbus
dsbus
Ksbus
Gsl
Bksbus5
Lsbus
gms
Pbu
Gsbus
Ssbus
Nssbus7
Csbus
Ssbus
Ssbus

Asm
Wsp
Gst
Rsb
Sls
Rgu
Sbs
Rgu
Ggd
nsb
Tsm
Rgs
Bbbpu
Bbu
Ssm
Vor
Ksm
Hal
Pvg

Gsb
Pls
Rmb
Ptm
Mks
Bml
bbt
Jmb
Rpp
Jmb
Abd
Syp
sab
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरुबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा हार्दिक शुभकामना दिँदै उनले विगतको समीक्षा र वैचारिक संश्लेषणका साथ वामपन्थी आन्दोलनको पुनर्गठनको सङ्कल्प लिन आह्वान गरेका हुन् । ‘वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको सन्दर्भमा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेका छन् ।
त्यस्तै यस परिस्थितिमा नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरुबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ ।’ प्रचण्डले भने, ‘कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरुको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको छ ।’
आज शोषण,दमन र विभेदका नयाँ स्वरुपहरु देखा परेका छन्।
सामन्ती निरङ्कुशताको अन्त्य गर्दै गणतन्त्र ल्याएपनि आज शोषण,दमन र विभेदका नयाँ स्वरुपहरु देखा परेको उनको दाबी छ। ‘सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने महान् उद्देश्यसहित वि.सं. २००६ साल वैशाख ९ (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। स्थापनासँगै नेकपाले अघि सारेको नेपाली क्रान्तिको मार्गदिशा अनुरुप आज हामी सामन्ती निरङ्कुशताको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ । आज शोषण, दमन र विभेदका नयाँ स्वरुपहरु देखा परेका छन् । साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन । त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’ प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ ।
त्यस्तै उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य भएको दाबी गरे। सन्देशमा भनिएको छ, ‘नेपाली कम्युनिष्टहरुको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिहरुको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ ।
इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरुको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु । साथै, नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न,शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु।’अन्नपूर्ण
