खेलकुद मन्त्री बब्लु गुप्ताले बुझाए राजीनामा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। उनले सोमबार राजीनामा दिएका छन्। त्यस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा भाग लिन उनले राजीनामा दिएका हुन् । गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन्।

वीरगञ्ज महानगरका मेयर सिंह सहित दुई पूर्वमन्त्री र जसपाका नेताहरु एमालेमा प्रवेश

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,पूर्वमन्त्रीहरु प्रदीप यादव र मोहम्बद इस्तिहाक राईसहित जसपाका नेताहरु एमालेमा प्रवेश गरेका छन् । गएराती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनीहरु एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह, यादव,इस्तिहाक राई लगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर […]

अधिवक्ता स्वागत नेपाल राप्रपा प्रवेश,झापा क्षेत्र नम्बर-२ बाट चुनाव लड्ने

काठमाडौं । स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । उनी कानुन व्यवसायी समेत रहेका नेपाल राप्रपामा प्रवेश गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे । त्यस्तै राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । सोमबार आज राप्रपा केन्द्रीय कार्यालयमा नेपालले उमेदवारी घोषणा गर्ने कार्यक्रम तय […]

रास्वपाका वरिष्ठ नेता बालेन जानकी मन्दिरको आरतीमा पुगे

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा पुगेका छन्। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन् । जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए । दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै […]

चुनाव चिन्ह रुख नपाएपछि काँग्रेस देउवा समूहद्वारा १६५ क्षेत्रमै स्वतन्त्र उम्मेदवार उठाउने

काठमाडौँ । नेपाली काँग्रेसको चुनाव चिन्ह र चार तारे झण्डा खोसेर निर्वाचन आयोगले बहुमतको निर्णयबाट अर्को गगन थापाको समूहलाई दिएपछि चुनाव चिह्नबिहिन बनेको संस्थापन पक्षले १ सय ६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउन लागेको छ। उच्च स्रोतका अनुसार कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरुको बैठकपछि देशभरि स्वतन्त्र उम्मेदवारी दिएर नेपाली काँग्रेसलाई बचाउन प्रयास गर्न लागिएको छ […]

दाङमा नेपाली कम्युनिस्ट पार्टीबाट ३ वटै निर्वाचन क्षेत्रमा तोकियो उम्मेदवार

दाङ । नेपाली कम्युनिस्ट पार्टीबाट दाङका ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिएको छ । जस अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा मेटमणि चौधरी,२ मा निर्मल आचार्य र ३ नम्बरमा धनबहादुर मास्केलाई पार्टीले टिकट दिएको छ । युवा उम्मेदवारको रुपमा रहेका तीनै जना राजनीतिक अनुभव सहित कुशल संगठक र पार्टीमा महत्वपूर्ण जिम्मेवारी सम्हालि सकेका नेताहरु हुन् […]

उज्यालो नेपाल पार्टीको महासचिवमा धर्म बहादुर चौधरी चयन

काठमाडौँ । उज्यालो नेपाल पार्टीको महासचिवमा धर्म बहादुर चौधरी चयन भएका छन् । पार्टीका अध्यक्ष कुलमान घिसिङले चौधरीलाई महासचिवमा चयन गरेका हुन् । त्यस्तै अध्यक्ष घिसिङले चौधरीलाई महासचिव चयनको पत्र समाजप्रतिको सकारात्मक प्रभाव, सामाजिक तथा राजनीतिक कार्यमार्फत समाज प्रति पुर्‍याउँदै आएको योगदानलाई कदर पार्टीको महासचिव पदमा चयन गर्ने निर्णय गरेको जानकारी उल्लेख गरे । यस्तै […]

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख मेयर हर्क साम्पाङले आज पदबाट राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् । उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । साम्पाङसंगै आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा […]

गोरखा-२ मा प्रलोपाबाट डा.बाबुराम भट्टराई बने उम्मेदवार

काठमाडौँ । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट भट्टराई गोरखा- २ बाट उम्मेदवार बन्न लागेका हुन् । प्रलोपाका जिल्ला नेता यानप्रसाद भट्टका अनुसार अगुवा कार्यकर्ता भेलाको निर्णयबाट गोरखा–२ बाट भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको हो। त्यस्तै अगुवा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]