
Csbus
Ssbus
Ssbus
Lsbus
Jsbus
Pbu
dsbus
Ksbus
Ksbus
bpmhl
Gsbus
Rsbus
gms
Bsbus
Nssbus7
Bksbus5
Gsl
Ksbus
Ssbus

nsb
Tsm
Rsb
Asm
Rgu
Pvg
Sbs
Bbbpu
Wsp
Gst
Ssm
Sls
Vor
Hal
Ggd
Rgu
Bbu
Ksm
Rgs

Jmb
Bml
sab
Jmb
Gsb
Syp
Mks
Rpp
Abd
bbt
Pls
Rmb
Ptm
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे।
स्रोतका अनुसार उनी आज बिहान करिब सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेका हुन्।
भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित नेपाल भ्रमणमा आएका हुन्। काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुका साथै सरकारका केही मन्त्रीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।
गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले दक्षिण एशियाली सुरक्षाविज्ञ कपुरलाई उक्त पदमा नियुक्त गरेका थिए। यसअघि यो जिम्मेवारी डोनाल्ड लुले सम्हाल्दै आएका थिए।
कपुरको नेपाल भ्रमण तीन दिन लामो रहनेछ र उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ। बालेन नेतृत्वको सरकार गठनपछि काठमाडौं आउने उनी हालसम्मकै सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ मानिएका छन्।
