माओवादीका पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले माओवादीका एक पूर्वलडाकु कमाण्डरलाई ठगी आरोपमा पक्राउ गरेको छ । त्यस्तै,पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ घर भएर काठमाडौँ बस्ने लहानुराम चौधरी छन् । शनिबार उनलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले बताए । यस्तै,४६ वर्षीय चौधरीले विदेश पठाउँछु भनेर ठगेको आरोप छ । उनीविरुद्ध […]

विशेष अदालत काठमाडौंद्वारा विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

काठमाडौँ । विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवम् पूवर्मन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार म्याद थपको अनुमति दिएको छ। न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको इजलासले अनुमति दिएको हो । पौडेललाई २० दिन हिरासतमा राख्न अनुमतिका माग गरिएको थियो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेपछि निर्वाचन आयोगले लामिछाने निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । त्यस्तै,लामिछाने रास्वपाका संस्थापक सभापति हुन् । पहिलो महाधिवेशनमा उनलाई निर्विरोध सभापति बनाउने समझदारी जुटेको थियो । सोहीबमोजिम उनी सभापतिमा दोहोरिएका हुन् ।

सम्पत्ति शुद्धीकरण विभागद्वारा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्बअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ परेका छन् । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको हो । पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका उनलाई सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै,पौडेल ललिता निवास जग्गा प्रकरणमा मुछिएका थिए ।

रास्वपाको बन्दसत्र प्रभावित, निर्वाचन कार्यतालिका भोलिसम्मका लागि स्थगित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित कार्यतालिका अनुसार यसबेला निर्वाचन प्रक्रिया सुरु भई उम्मेदवारी दर्ता चल्नुपर्ने थियो। तर शीर्ष नेताहरू सहमतिका लागि छलफलमा केन्द्रित हुँदा बन्दसत्र नै सुरु हुन सकेन। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्दसत्र प्रभावित भएकाले निर्वाचन कार्यतालिका पनि प्रभावित भएको जानकारी दिएका छन्। “अब आज अन्य निर्वाचन […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटन सत्र सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महाधिवेशन सुरु भएको छ । आइतबार आज चितवनमा रास्वपाको प्रथम महाधिवेशन सुरु भएको हो । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन सत्रको उद्घाटन गरेका छन्। त्यस्तै,उक्त महाधिवेशनमा शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई,नेपाली कम्युनिस्ट […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन रवि लामिछाने र बालेन शाहले उद्घाटन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन् । भरतपुरमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र उद्घाटन समारोहमा रवि लामिछाने तथा बालेन शाहको विशेष उपस्थिति रहने रास्वपाले जनाएको छ । महाधिवेशन स्थलमा शुक्रबार आज पत्रकारहरुसँग […]

सांसद हर्क साम्पाङको लाइसेन्स स्वतःरद्द,१०वर्षदेखि नवीकरण नभएको रेकर्ड फेला

काठमाडौँ । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भैसकेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख चेकजाँच गर्दा सम्पाङले २०७१ पुस ६ भन्दा पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको हो । त्यसबेला उनले आफ्नो श्रेणी (ए) लाइसेन्स जरिवाना सहित नवीकरण गरेका थिए । त्यसपछि नवीकरण गर्नुपर्ने अवधिभित्र उनले लाइसेन्स नवीकरण नगरेको […]

कञ्चनपुरमा रास्वपाले रकम तोकेरै व्यवसायीसँग ३० हजार चन्दा मागेकाे पत्र सार्वजनिक

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेरै आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ वडा समितिका तर्फबाट एक निर्माण व्यवसायीसँग ३० हजार रुपैयाँ सहयोग मागिएको पत्र सार्वजनिक भएपछि यस विषयले चर्चा पाएको हो । रास्वपाका कृष्णपुर-१ का वडा सभापति सुरेन्द्र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]