Sidha Patra मंगलबार, साउन ०५, २०८३

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले वरिष्ठ अधिवक्ता, समाजसेवी तथा नेकपा एमालेका अग्रज नेता टंकप्रसाद पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद पोखेरेलका पिता समेत रहेका पोखरेलको श्रद्धाञ्जली कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, कानुन व्यवसायी, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । अर्घाखाँचीको साविक छत्रगञ्ज गाविस-८ हाल छत्रदेव गाउँपालिका-५ मा १९९४ साल माघमा जन्मिएका पोखरेल कानुन व्यवसाय, समाजसेवा र वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा परिचित रहेका थिए । उनले करिब आठ दशक कानुन व्यवसायमा सक्रिय रहँदै न्यायिक सेवाको विस्तार र कानुनी सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

नेपाल बार एसोसिएसन अर्घाखाँचीका संस्थापक अध्यक्ष तथा तीन कार्यकाल अध्यक्ष रहेका उनले नेपाल सरकारका दुई कार्यकाल वैतनिक वकिलका रूपमा समेत सेवा दिएका थिए । तत्कालीन पञ्चायती व्यवस्थाका बेला राजनीतिक मुद्दामा पक्राउ परेका वामपन्थी नेताहरूको पक्षमा निडरतापूर्वक बहस पैरवी गर्दै उनि वामपन्थी धारका प्रखर अधिवक्ताका रूपमा स्थापित भएका थिए । उनको कानुनी फर्मबाट धेरै कानुन व्यवसायी र लेखापढी व्यवसायी तयार भएका छन् ।

पोखरेलले कानुन व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याएका थिए । उनि नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीको जिल्ला समितिमा तीन कार्यकाल सक्रिय रहेका थिए भने प्रकाश सचेतन समूह (प्राग) को अध्यक्षका रूपमा पनि लामो समय नेतृत्व गरेका थिए । अर्घाखाँची सदरमुकामसम्म मोटरबाटो विस्तार गर्ने अभियानमा पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

त्यस्तै,उनको निधनप्रति राजनीतिक दल, कानुन व्यवसायी, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै कानुन, राजनीति र समाजसेवाका क्षेत्रमा उनले पुर्‍याएको योगदानको उच्च सम्मान गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]