
Sdc
Snmbs
Gesld
dpm
Dbc
snmbs
Dpm
Mbf
Ges
Snmbs
Pbu


काठमाडौँ । नेपाल प्रहरीले माओवादीका एक पूर्वलडाकु कमाण्डरलाई ठगी आरोपमा पक्राउ गरेको छ ।
त्यस्तै,पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ घर भएर काठमाडौँ बस्ने लहानुराम चौधरी छन् । शनिबार उनलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले बताए ।
यस्तै,४६ वर्षीय चौधरीले विदेश पठाउँछु भनेर ठगेको आरोप छ । उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ अनुमति जारी भएको थियो । आरोपीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइने एसपी थापाले जानकारी दिए ।
