
gst
Gisld
Anm
mbd
Ksm
Sds
Mbdvs
Pbu
Rbs
Gmk
Rgs

nsb
Ggd
Sbs
Pvg
Wsp
Bbbpu
Rsb
Rgu
Asm
Tsm
Vor
Bbu
Ssm
Rgs
Rgu
Sls
Hal
Gst
Ksm

Gsb
Abd
bbt
Jmb
Syp
sab
Pls
Bml
Jmb
Mks
Rpp
Ptm
Rmb
काठमाडौँ । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भैसकेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख चेकजाँच गर्दा सम्पाङले २०७१ पुस ६ भन्दा पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको हो ।
त्यसबेला उनले आफ्नो श्रेणी (ए) लाइसेन्स जरिवाना सहित नवीकरण गरेका थिए । त्यसपछि नवीकरण गर्नुपर्ने अवधिभित्र उनले लाइसेन्स नवीकरण नगरेको भेटिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । त्यसबारे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले छानबिन गरिरहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५७ अनुसार चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ । सो ऐन अनुसार उनको चालक अनुमति पत्रको वैधता समाप्त भएको भेटिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एकजना अधिकृतले बताए ।
त्यस्तै,उनले भने, ‘यसबारे थप छानबिन र कानुनी परामर्श भइरहेको छ ।’ २०१६ (२०७३ पुस १२) मा म्याद समाप्त भएको लाइसेन्स उनले अहिलेसम्म नवीकरण गरेका छैनन् । उनले करिब १० वर्षदेखि आफ्नो लाइसेन्स नवीकरण नगरेका हुन् । म्याद सकिएको ५ वर्षभित्र जरिवाना तिरेर लाइसेन्स नवीकरण गर्न मिल्छ ।
श्रम संस्कृति पार्टीका संस्थापक साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि उनी धरान उप महानगरपालिकाको प्रमुख थिए । जेठ २९ मा उदयपुरको उदयपुर गढी गाउँपालिका –६ स्थित मदन भण्डारी लोकमार्गमा बागमती प्रदेश ०२–६० प ०२५९ नम्बरको मोटरसाइकल लापरबाही पूर्वक ढङ्गले चलाएको घटनामा ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको थियो । ट्राफिक प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले उनको नाममा चिट जारी गरेको हो ।
त्यस्तै,जेठ २५ मा सो कार्यालयले उनलाई जरिवाना गरिएको जानकारी गराउँदै साम्पाङको नाममा जारी गरेको चिट प्रहरी प्रधान कार्यालयको फेसवुक पेजमार्फत सार्वजनिक गरेको थियो । साम्पाङले एउटा हातले मोटरसाइकलको हेण्डिल समातेर अर्को हातले भिडियो खिचेको दृश्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि सञ्जाल प्रयोगकर्ताले उनलाई कारबाही गर्न माग गरेका थिए ।
यस्तै,सम्पाङले सन् २००६ मा इटहरीबाट नयाँ लाइसेन्स लिएको र २०१४ पछि नवीकरण नगरेको भेटिएको छ । २०१६ (२०७३ पुस १२) मा म्याद समाप्त भएको लाइसेन्स उनले अहिलेसम्म नवीकरण गरेका छैनन् । लाइसेन्स बिना सवारी चलाउनु गैरकानुनी मानिन्छ । रातोपाटी
