
Snmbs
Sdc
snmbs
rgs
Snmbs
pvg
dpm
sjnsplk
Gesld
Dbc
Ges
Dpm
Pbu
Mbf
Amb


कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेरै आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ वडा समितिका तर्फबाट एक निर्माण व्यवसायीसँग ३० हजार रुपैयाँ सहयोग मागिएको पत्र सार्वजनिक भएपछि यस विषयले चर्चा पाएको हो । रास्वपाका कृष्णपुर-१ का वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको पत्रमा जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गर्दै ३० हजार रुपैयाँ चन्दा सहयोग मागिएको छ ।
त्यस्तै,पत्रमा उक्त निर्माण कम्पनीले विगतदेखि वडामा विभिन्न विकास निर्माणका काम गर्दै आएको र स्थानीय समुदायसँग समेत सहकार्य गर्दै आएको उल्लेख गरिएको छ । साथै पार्टीको असार १ गतेदेखि सुरु हुने सुदूरपश्चिम प्रदेश अधिवेशन तथा असार ७, ८ र ९ गते हुने केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आर्थिक स्रोत आवश्यक परेको जनाइएको छ । सोही प्रयोजनका लागि कम्पनीसँग ३० हजार रुपैयाँ सहयोगको अपेक्षा गरिएको पत्रमा उल्लेख छ ।
रास्वपा वडा सभापति बोहराले भने अधिवेशनका लागि नभई सडक मर्मतका लागि आर्थिक सहयोग मागिएको बताए । ‘मैले सडक मर्मतका लागि सहयोग माग्दै साथीहरुमार्फत पत्र पठाएको थिए,’ उनले भने, ‘तर, पत्रमा उहाँहरुले अधिवेशनका लागि भन्दै लेखिदिनुभएको रहेछ । त्यो विषय थाहा पाउने बित्तिकै पत्र फिर्ता ल्याइसकेको छु ।’नेपालप्रेस
