रास्वपा सभापति रवि लामिछानेद्वारा वारेसमार्फत चितवन-२ मा उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले अनलाइनखबरलाई जानकारी दिए । त्यस्तै लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी […]

जनमत पार्टी अध्यक्ष सिके राउतले सप्तरी-२ मा गराए उम्मेदवारी मनोनयन दर्ता

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। राउतले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ सालको निर्वाचनमा सप्तरी -२ मा अध्यक्ष राउतले दोब्बरभन्दा बढी मतान्तरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए। त्यस्तै […]

महोत्तरी–४ मा नीलम अधिकारीले गराइन् उम्मेदवारी दर्ता

जनकपुरधाम । नेकपा एमालेको तर्फबाट महोत्तरी क्षेत्र नम्बर ४ मा नीलम अधिकारीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेकी छिन् । प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नम्बर ४ बाट अधिकारीलाई एमालेको तर्फबाट उम्मेदवारका रुपमा अगाडि सारिएको हो । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा–२ मा उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दर्ता गरेका हुन् । यो सँगै भट्टराई गोरखाबाट चौथोपटक उम्मेदवार बनेका हुन् । यसअघि भट्टराई ०६४ को संविधानसभा निर्वाचनमा गोरखा–२ बाट, ०७० मा गोरखा– १ बाट र ०७४ मा पनि गोरखा–१ बाट निर्वाचित भएका थिए […]

एमालेको तर्फबाट दाङ-१ मा रेवतीरमण शर्माद्वारा उम्मेदवारी मनोनयन दर्ता

दाङ । नेकपा एमालेका केन्द्रीय लेखा आयोग समितिका सदस्य रेवतीरमण शर्माले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले आज प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवार मनोनयन दर्ता गराएका हुन् । उनि यस अघि २०७४ सालको निर्वाचनबाट लुम्बिनी प्रदेशको सभा सदस्यमा निर्वाचित भएका थिए भने […]

कालिकोटबाट खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले गराए उम्मेदवारी दर्ता

सुर्खेत । नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वयं कालिकोट पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै प्रकाण्ड १८ वर्षपछि चुनावी मैदानमा होमिएका छन् । २०६४ सालमा माओवादीबाट चुनाव लडेका उनले २७ हजार बढी मत ल्याएर जितेका थिए । तर प्रचण्डसँग असन्तुष्टि जनाउँदै उनी नेत्रविक्रम चन्द्र विप्लवतिर लागेका […]

दाङ-१ मा कुलप्रसाद केसीको स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

दाङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाङ क्षेत्र नम्बर १ लमहीमा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले स्वतन्त्र रुपमा मनोनयन पत्र दर्ता गराएका हुन् । पार्टीले सो क्षेत्रमा मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट भएका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यस्तै उम्मेदवारी दर्तापछि […]

काङ्ग्रेस सभापति थापाले सर्लाही ४ मा वारेसमार्फत गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । थापाले सर्लाही ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । सभापति थापाकाे वारेस मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंह हुन् । पार्टीका अन्य उम्मेदवारलाई टिकट बाँड्नुपर्ने दबाबका कारण सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । यस […]

काङ्ग्रेसका सह-महामन्त्री योगेन्द्र चौधरीद्वारा दाङ क्षेत्र नम्बर १ मा मनोनयन दर्ता

दाङ । निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका सह-महामन्त्री योगेन्द्र चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यस्तै मनोनयन दर्तापछि आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले काङ्ग्रेस दाङ–१ का आधिकारिक उम्मेदवार योगेन्द्र चौधरीलाई अत्यधिक मतले विजयी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]