
Amb
ksbus
Sdc
दाङ । लुम्बिनी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काङ्ग्रेसका पाँच जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरुको सामूहिक राजीनामा बुझाएकी हुन् । राजीनामा बुझाउने मन्त्रीहरुमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज […]
काठमाडौं । नेपाली काङ्ग्रेस पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेल स्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्व उपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने […]
काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र नवीकरणका लागि साउन १४ गतेसम्मको समय तोकेको छ । पार्टी महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सदस्यता अनुमोदन र अद्यावधिक गर्ने सम्बन्धमा नयाँ समयसीमा र प्रक्रिया निर्धारण गरेको हो । साेमबार ललितपुरको बी.पी. स्मृति भवनमा बसेको बैठकले वडा सभापतिलाई सदस्यता वितरण […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा दंगाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । तुलसीपुरस्थित नेकपा एमाले पार्टी कार्यालयमा पुगेर मुख्यमन्त्री आचार्यले बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले बस्नेतले दाङको […]
दाङ । नेकपा एमालेका अग्रणी नेता तथा दाङ जिल्लाको कम्युनिष्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतको ८० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । बस्नेतले दाङमा कम्युनिष्ट आन्दोलन विस्तार तथा पार्टी संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनी नेकपा एमाले दाङका पूर्व जिल्ला अध्यक्ष तथा हाल पार्टीको केन्द्रीय सल्लाहकार […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा शनिबार आज तीन बुँदे सहमति भएको छ । उक्त सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् । पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँएको छ । नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी लगायत विभिन्न कम्युनिस्ट दल तथा सङ्गठनहरूले स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य कार्यक्रम आयोजना गरेका थिए । वि.स. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र […]
काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । नेपाली काङ्ग्रेसससँग असमझदारी बढ्दै जाँदा एमालेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री इन्द्र बनियाँलाई सामूहिक राजीनामा बुझाएका हुन् । यससँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रदेश सरकारमा एमालेबाट कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, […]
काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेस पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाले नेपालको राजनीतिक परिवर्तन र नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै आज नेपाली […]