पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघा,खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो । उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन् […]

सल्यानका क्रियाशील दलहरुद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

सल्यान । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पालना गर्ने सल्यानका क्रियाशील दलहरुले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानले बुधबार खलंगामा आयोजना गरेको निर्वाचन लक्षित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा सहभागी दल एवं उम्मेदवारहरुले आचारसंहिता पूर्णरुपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । त्यस्तै निर्वाचन आचारसंहिताको पुर्णरुपमा पालना गर्ने, समय तथा […]

दाङ-१,मा उदाउँदै गरेका युवा नेतृत्व नयाँ अनुहारका उम्मेदवार को हुन प्रकाश शाही ?

श्रवण कुमार यादव /दाङ । राजनीतिमा धेरै अनुहार देखिन्छन्, तर कमै मात्र यस्ता हुन्छन्,जो सत्ता होइन सत्यका लागि लड्छन् । भीड होइन विचार बोकेर हिँड्छन् । सुविधा होइन जोखिम रोज्छन् । दाङ–१ मा यतिबेला यस्तै एउटा नाम गम्भीर रुपमा चर्चामा छ,प्रकाश शाही। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १, दाङबाट नयाँ युवा अनुहारका रुपमा शाही […]

घोषणापत्र सार्वजनिक गर्ने राजमो पहिलो पार्टी बन्यो,संघीयता खारेजी प्रमुख एजेण्डा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । यो सँगै राजमो आसन्न चुनावका लागि घोषणापत्र सार्वजनिक गर्ने पहिलो पार्टी बनेको छ । बुधबार बुटवलमा आयोजित कार्यक्रमबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् । केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता,सार्वभौमता र अखण्डताको रक्षा […]

एमाले दाङ क्षेत्र नम्बर १ ले तोक्यो लमही ईञ्चार्ज केसीलाई निर्वाचन परिचालन कमाण्डर

दाङ । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि कमाण्डर तोकेको छ । दाङ संघीय निर्वाचन क्षेत्र नम्बर १ को चुनावी कमाण्डरको रुपमा प्रदेश कमिटि सदस्य तथा लमही ईञ्चार्ज कुलबहादुर केसीलाई तोकेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार रेवतीरमण शर्मालाई जिताउन केसीको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो । […]

रास्वपाका वरिष्ठ नेता बालेन शाह दार्चुला पुगे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह सुदूरपश्चिम केन्द्रित चुनावी कार्यक्रम अन्तर्गत दार्चुला पुगेका छन् । पार्टीको चुनावी गतिविधिलाई लक्षित गरी गरिएको यस भ्रमणका क्रममा उनी बुधबार अपराह्न दार्चुलाको गोकुलेश्वर पुगेका हुन् । त्यस्तै गोकुलेश्वरमा साहले पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आगामी निर्वाचनका तयारीबारे छलफल गरेका छन् । सो अवसरमा […]

गगन थापालाई सघाउने भन्दै सांसद उम्मेदवारसहित गोडैताका ४ वडाध्यक्ष काङ्ग्रेसमा प्रवेश

सर्लाही । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । काङ्ग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष काङ्ग्रेसमा प्रवेश गरेका हुन् । बहुजन पार्टीबाट सर्लाही क्षेत्र नम्बर ४ […]

मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा चारै पदमा गठबन्धन विजयी

काठमाडौँ । मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा चारै सिट काङ्ग्रेस,नेकपा एमाले र जनता समाजवादी पार्टी (नेपाल) बीचको सहकार्यबाट उम्मेदवार बनेकाहरुले हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार विभिन्न समूहबाट चार जना उम्मेदवार राष्ट्रिय सभामा चयन भएका हुन् । त्यस्तै महिला समूहअन्तर्गत नेकपा एमालेकी रेखा झा निर्वाचित भइन् । उनले ७ हजार २२२ मतभार प्राप्त […]

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट एमालेकी भण्डारी र काँग्रेसका खाती विजयी

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]