
Bksbus5
Ratbs
dsbus
Pbu
Ddhbs
Amb
Nssbus7
Rbs
gms
Csbus
Gsl
Ssbus
Gsbus
Jsbus

Ggd
Sbs
Ksm
Sls
Ssm
Rgs
Vor
Wsp
Rgu
Gst
Tsm
Pvg
nsb
Rsb
Bbbpu
Asm
Bbu
Rgu
Hal

Rmb
Gsb
Jmb
Bml
sab
Mks
Abd
Rpp
Pls
Jmb
bbt
Syp
Ptm
काठमाडौँ । मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा चारै सिट काङ्ग्रेस,नेकपा एमाले र जनता समाजवादी पार्टी (नेपाल) बीचको सहकार्यबाट उम्मेदवार बनेकाहरुले हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार विभिन्न समूहबाट चार जना उम्मेदवार राष्ट्रिय सभामा चयन भएका हुन् ।
त्यस्तै महिला समूहअन्तर्गत नेकपा एमालेकी रेखा झा निर्वाचित भइन् । उनले ७ हजार २२२ मतभार प्राप्त गरिन् । यस समूहमा प्रतिस्पर्धामा रहेकी नेकपाकी शमीकुमारी अग्रवालले १ हजार ९४४ मतभार पाएकी छन् । अल्पसंख्यक समूहमा नेपाली कांग्रेसका रञ्जित कर्णले ८ हजार ९३ मतभारसहित विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले १ हजार ३६१ मतभार प्राप्त गरे ।
यसैगरी अन्य समूहअन्तर्गत जसपा नेपालका नेता महन्थ ठाकुर ७ हजार ७२५ मतभारसहित निर्वाचित भए । यस समूहमा नेकपाका लक्ष्मण पौडेलले १ हजार ८०५ मतभार ल्याएका थिए । दलित समूहअन्तर्गत पनि कांग्रेसका धर्मेन्द्र पासवान विजयी बने । उनले ७ हजार ९०४ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपाका रामानन्द प्रसादले १ हजार ३७६ मतभारमा सीमित भए ।
त्यस्तै यससँगै मधेश प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने चारै सदस्य गठबन्धनको समर्थनमा चयन भएका छन् ।
