
Ratbs
Bksbus5
Nssbus7
Pbu
Ddhbs
Jsbus
dsbus
Gsbus
gms
Csbus
Rbs
Ssbus
Amb
Gsl

Wsp
Ssm
Ksm
Asm
Tsm
Rgs
Pvg
Sbs
Hal
Gst
Ggd
Rgu
Rgu
Bbbpu
Sls
Rsb
Vor
Bbu
nsb

Gsb
Rpp
Mks
Bml
Syp
Jmb
bbt
Jmb
Rmb
Ptm
Pls
sab
Abd
श्रवण कुमार यादव /दाङ । राजनीतिमा धेरै अनुहार देखिन्छन्, तर कमै मात्र यस्ता हुन्छन्,जो सत्ता होइन सत्यका लागि लड्छन् । भीड होइन विचार बोकेर हिँड्छन् । सुविधा होइन जोखिम रोज्छन् । दाङ–१ मा यतिबेला यस्तै एउटा नाम गम्भीर रुपमा चर्चामा छ,प्रकाश शाही।
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १, दाङबाट नयाँ युवा अनुहारका रुपमा शाही आगामी निर्वाचनका लागि सम्भावित उम्मेदवारको रुपमा चर्चामा आएका छन् । जुझारुपन, इमानदार छवि र प्रतिबद्ध राजनीतिक यात्राका कारण शाहीलाई दाङ देउखुरीको राजनीतिक भविष्यसँग जोडेर हेरिन थालिएको छ।
शाही संघर्ष गर्दै राष्ट्रिय राजनीतिमा स्थापित भएका युवा नेता हुन्। सामान्य परिवारमा जन्मिएर असामान्य साहस प्रदर्शन गरेका शाही आज दाङ मात्र होइन, देशकै राजनीतिक बहसमा एउटा फरक पहिचान बनाउँदैछन् । विद्यार्थी आन्दोलनदेखि भ्रष्टाचार विरुद्धको सडक संघर्ष,सामाजिक न्यायदेखि राष्ट्रियताको रक्षा उनको यात्रा सजिलो कहिल्यै रहेन। तर,उनले कहिल्यै पछि हट्न पनि जानेनन् । एम.फिल.उत्तीर्ण तथा पीएचडी स्कलर रहेका शाहीले विद्यार्थी आन्दोलनदेखि सामाजिक न्याय,सुशासन,राष्ट्रियता र भ्रष्टाचारविरुद्ध निरन्तर संघर्ष गर्दै आएका छन् ।
संघर्षबाट नेतृत्वसम्म
शाही एम.फिल.उत्तीर्ण तथा पीएचडी स्कलर हुन्। तर उनको पहिचान डिग्रीले होइन,संघर्षले बनाएको हो । विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष बनेर हजारौँ युवाको आवाज उठाउँदा उनले राजनीति केवल भाषण होइन,जिम्मेवारी हो भन्ने प्रमाणित गरे । त्यही कालखण्डबाट उनले सार्वजनिक शिक्षा,स्वास्थ्य, रोजगारी र युवाको भविष्यलाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राखे। उनका लागि राजनीति सत्ता प्राप्तिको साधन होइन, अन्यायविरुद्धको हतियार बन्यो ।
जन्मदिन पनि आन्दोलन
२०७१ साल । जहाँ अधिकांश नेताहरु जन्मदिन होटल र केकमा मनाइरहेका थिए,शाहीले जन्मदिनलाई सामाजिक अभियानमा बदले। अनाथ र असहायको सेवाबाट जन्मदिन मनाउने संस्कार सुरु गर्नु उनका लागि प्रतीकात्मक मात्र थिएन,त्यो उनको सोचको घोषणा थियो । दाङको रामपुरको बालिमखोला क्षेत्रमा बस्ने वृद्ध–वृद्धा अनाथ दम्पतीको आवास निर्माणमा सहयोग गर्दा उनले राजनीति मानवीय संवेदनाबाट सुरु हुनुपर्छ भन्ने सन्देश दिए।
विपदमा देखिएको नेतृत्व
२०७२ सालको भूकम्प। गोर्खाको बारपाक केन्द्रबिन्दुमा एक महिना बसेर घाइते, विस्थापित र पीडितको सेवामा खटिनु शाहीको नेतृत्व क्षमताको वास्तविक परीक्षा थियो । त्यो समय उनले कुनै पद बोकेका थिएनन्, तर जिम्मेवारी बोकेका थिए । भ्रष्टाचारविरुद्धको ऐतिहासिक प्रतिरोध प्रकाश शाहीलाई चिनाउने एउटा प्रमुख पहिचान भनेको भ्रष्टाचारविरुद्धको निडर संघर्ष हो। २०७२ मा दाङ प्रगन्ना कार्यालयमा घुससहित समातिएकी इन्जिनियर रामदुलारीविरुद्ध कानुनी कारबाहीका लागि पहल गरेका थिए ।
कानुनी कारबाहीको पहल
त्यस्तै शाहीले २०७३ पुस ७ गते अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सर्वोच्च अदालत परिसरमै कालोमोसो । यो घटना नेपाली राजनीतिक इतिहासमा भ्रष्टाचारविरुद्धको साहसी प्रतिरोधका रुपमा अंकित छ । त्यसको मूल्य उनले एक महिना जेल बसेर चुकाए। तर शाहीका लागि जेल हार होइन,प्रमाण बन्यो ।
अन्याय जहाँ,शाही त्यहीँ
निर्मला पन्त,नवराज विकदेखि दर्जनौँ पीडितका घटनामा शाहीको आवाज निरन्तर सुनियो । जब धेरै मौन बसे,उनी बोले । जब धेरै डराए,उनी उभिए। दाङ भालुवाङस्थित ज्वालामाई गणमा सशस्त्र प्रहरीबाट बालिकामाथि भएको बलात्कार घटना दबाउन खोज्दा त्यसविरुद्ध निर्णायक हस्तक्षेप गर्दै दोषीलाई पक्राउ गराउन भूमिका खेल्नु शाहीको साहसको अर्को उदाहरण हो।
राष्ट्रियताको पक्षमा सडकदेखि सीमा सम्म लिपुलेक, कालापानी, सुस्ता यी नाम शाहीका लागि केवल भूगोल होइन, स्वाभिमान हुन्। भारतद्वारा अतिक्रमित भूमिविरुद्ध देशव्यापी आन्दोलनको नेतृत्व गर्दै चितवनको सोमेश्वर गढीमा १०० मिटर काँडेतार लगाएर प्रतिरोध गर्नु उनको राष्ट्रभक्तिको प्रतीक बन्यो ।
यस्तै स्थानीय तहदेखि राज्यसम्पत्तिसम्म निगरानी
२०८० असार १८। राप्ती गाउँपालिकाको कुलो मर्मत योजनामा भएको राजस्व हिनामिना प्रकरणमा CDO, प्रहरी प्रमुख, प्रशासनिक अधिकारी र स्थानीय नेताको मिलेमतो उजागर गर्नु जोखिमपूर्ण थियो । तर शाहीले जोखिमलाई बेवास्ता गरे किनकि उनको पक्ष जनताको थियो । बतास समूहदेखि बासबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणसम्म उनले राज्यसम्पत्ति जोगाउने अभियान चलाए।
शरणार्थी र श्रमिकका पक्षमा
भुटानी शरणार्थी काण्डमा प्रभावशाली नेताविरुद्ध प्रदर्शन गर्दा २०८० मा उनी गिरफ्तार भए। विदेशमा अलपत्र परेका दर्जनौँ नेपाली श्रमिकका लागि उद्धार र सहयोग गर्नु उनको अन्तर्राष्ट्रिय मानवीय भूमिकाको परिचायक हो ।
देशभक्त अभियानका अभियन्ता
राष्ट्रियता संकटमा पर्दा शाही मौन बस्दैनन् । ‘देशभक्त अभियान’ मार्फत देशभक्त शक्तिलाई एकताबद्ध गर्दै उनी जनतामा चेतना फैलाइरहेका छन्। उनको राजनीतिक दर्शन चार आधारमा उभिएको छ, सामाजिक न्याय,पारदर्शी शासन,राष्ट्रहित र जनतामैत्री नेतृत्व । उनले अहिले धानखोला-लमही चारलेन सडक निर्माण संघर्ष समितिको नेतृत्व गरिरहेका छन् । उनी संघर्ष समितिका संयोजक समेत हुन् ।
नेपालको पछिल्लो समसामयिक राजनीतिक अवस्था,दोहोरिँदै आएका पुराना अनुहार र बढ्दो जनअसन्तुष्टिको पृष्ठभूमिमा अब देशलाई नयाँ सोच, इमानदार आचरण र ऊर्जा भएको युवा नेतृत्वको खाँचो स्पष्ट देखिन्छ। यस्तै सन्दर्भमा दाङ–१ का लागि शाहीजस्ता संघर्षशील,भ्रष्टाचारविरुद्ध निडर र जनताको पक्षमा उभिँदै आएका युवा नेतृत्वलाई अवसर दिनु परिवर्तनतर्फको सार्थक कदम हुन सक्छ ।
