
Ratbs
Gsl
Nssbus7
Jsbus
dsbus
Rbs
gms
Pbu
Ddhbs
Bksbus5
Csbus
Gsbus
Amb
Ssbus

Sls
nsb
Sbs
Rgu
Hal
Tsm
Ksm
Rgs
Bbu
Vor
Ggd
Rsb
Bbbpu
Asm
Ssm
Gst
Pvg
Wsp
Rgu

Ptm
Syp
Pls
bbt
Rmb
Jmb
Jmb
sab
Gsb
Rpp
Abd
Bml
Mks
सर्लाही । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । काङ्ग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।
बहुजन पार्टीबाट सर्लाही क्षेत्र नम्बर ४ ख प्रदेशका उम्मेदवार कृष्ण कुमार कुशवाहसहित चार वडाध्यक्षलाई काङ्ग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुजित महतो,वडा नम्बर २ का वडाध्यक्ष अजय प्रसाद शाह,वडा नम्बर ५का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नम्बर ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
वडा नम्बर १ का वडाध्यक्ष महतो र वडानम्बर २ का वडाध्यक्ष नेपाल कम्युनिस्ट पार्टी,वडा नम्बर २ का वडाध्यक्ष शाह नेपाल कम्युनिस्ट पार्टी,वडा नम्बर ५ का वडाध्यक्ष गुप्ता जसपा,वडा न ११का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए ।
त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि काङ्ग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको काङ्ग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि काङ्ग्रेस प्रवेश गरेको उनीहरुले बताए । यस अघि सर्लाही क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि काङ्ग्रेसमा प्रवेश गरेका थिए ।
