
Dus
Asb
lnp
Lnp
Rgp
ksb
Ggp
Rgp
Jns
Lks
Ggp
Rgp
Sgp
Usb
Rgp

lms

सर्लाही । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । काङ्ग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।
बहुजन पार्टीबाट सर्लाही क्षेत्र नम्बर ४ ख प्रदेशका उम्मेदवार कृष्ण कुमार कुशवाहसहित चार वडाध्यक्षलाई काङ्ग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुजित महतो,वडा नम्बर २ का वडाध्यक्ष अजय प्रसाद शाह,वडा नम्बर ५का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नम्बर ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
वडा नम्बर १ का वडाध्यक्ष महतो र वडानम्बर २ का वडाध्यक्ष नेपाल कम्युनिस्ट पार्टी,वडा नम्बर २ का वडाध्यक्ष शाह नेपाल कम्युनिस्ट पार्टी,वडा नम्बर ५ का वडाध्यक्ष गुप्ता जसपा,वडा न ११का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए ।
त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि काङ्ग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको काङ्ग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि काङ्ग्रेस प्रवेश गरेको उनीहरुले बताए । यस अघि सर्लाही क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि काङ्ग्रेसमा प्रवेश गरेका थिए ।
