
Usb
Jns
Rgp
Lks
Rgp
Dus
Rgp
Ggp
Asb
Lnp
ksb
Rgp
Ggp
lnp
Sgp

lms

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह सुदूरपश्चिम केन्द्रित चुनावी कार्यक्रम अन्तर्गत दार्चुला पुगेका छन् ।
पार्टीको चुनावी गतिविधिलाई लक्षित गरी गरिएको यस भ्रमणका क्रममा उनी बुधबार अपराह्न दार्चुलाको गोकुलेश्वर पुगेका हुन् ।
त्यस्तै गोकुलेश्वरमा साहले पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आगामी निर्वाचनका तयारीबारे छलफल गरेका छन् । सो अवसरमा उनले दार्चुलाबाट पार्टीका उम्मेदवार राजेशसिंह सामन्तसँग चुनावी रणनीति र संगठनात्मक विषयमा संवाद गरेको जनाइएको छ । साहको आगमनका बेला गोकुलेश्वर क्षेत्रमा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको थियो। वरपरका गाउँबस्तीबाट आएका नागरिकहरू उनलाई हेर्न र भेट्न गोकुलेश्वर पुगेका थिए।
यस्तै रास्वपाका वरिष्ठ नेता साह तीन दिनअघि काठमाडौँबाट पश्चिम तराईतर्फ प्रस्थान गरेका थिए। बर्दियामा विभिन्न भेटघाट सकेपछि उनी सुदूरपश्चिम प्रदेशतर्फ लागेका हुन्। मंगलबार कैलाली र कञ्चनपुरमा आयोजित चुनावी कार्यक्रमहरूमा सहभागी भएका साह बुधबार बिहान कैलालीबाट डडेल्धुरा र बैतडी हुँदै दार्चुला पुगेका थिए । रातोपाटी
