
Ddhbs
Jsbus
gms
Csbus
Rbs
dsbus
Gsl
Amb
Ssbus
Bksbus5
Ratbs
Nssbus7
Gsbus
Pbu

Vor
Hal
Rgs
Pvg
Wsp
Gst
Ggd
Tsm
Asm
nsb
Rsb
Rgu
Bbu
Bbbpu
Sls
Sbs
Ssm
Rgu
Ksm

bbt
Abd
Jmb
Gsb
sab
Bml
Jmb
Rmb
Pls
Syp
Ptm
Rpp
Mks
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । यो सँगै राजमो आसन्न चुनावका लागि घोषणापत्र सार्वजनिक गर्ने पहिलो पार्टी बनेको छ ।
बुधबार बुटवलमा आयोजित कार्यक्रमबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् । केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता,सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्ने लगायतका विषयलाई समावेश गरेर घोषणा पत्र सार्वजनिक गरिएको बताए ।
त्यस्तै यसअघिको सरकारमा,सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजीओ आईएनजीओका मान्छे सरकारमा राखेर चुनाव गराउन खोजिएको उनको आरोप छ । समयमा नै चुनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरु चुनाव हुने भएपनि आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चुनावमा होमिएको उनले टिप्पणी गरे ।
अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि,नेपाली जनतामाथि अहिले ठूलो संकट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको जिकिर गरे । हरेक निर्वाचनबाट मुलुकलाई अप्ठ्यारोमा पार्ने व्यक्तिहरु नै सत्तामा आउने गरेको भन्दै यसपटक जनताले नै गम्भीर भएर देशका लागि काम गर्ने व्यक्तिलाई मद्दत गरेर सदनमा पठाउन उनको आग्रह छ ।
त्यस्तै उनले आफ्नो पार्टी समेत निर्वाचनमा होमिएकाले मत दिन सम्पूर्ण मतदातालाई अपील समेत गरे ।
