
Amb
Dbc
Sdc


काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । नेपाली काङ्ग्रेसससँग असमझदारी बढ्दै जाँदा एमालेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री इन्द्र बनियाँलाई सामूहिक राजीनामा बुझाएका हुन् ।
यससँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रदेश सरकारमा एमालेबाट कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री जयराम थापा सहभागी थिए ।
त्यस्तै,उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, विना विभागीय मन्त्रीहरु भरतबहादुर केसी र किरण थापा समेत रहेका थिए ।
