Sidha Patra सोमबार, साउन ११, २०८३

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र नवीकरणका लागि साउन १४ गतेसम्मको समय तोकेको छ । पार्टी महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सदस्यता अनुमोदन र अद्यावधिक गर्ने सम्बन्धमा नयाँ समयसीमा र प्रक्रिया निर्धारण गरेको हो ।

साेमबार ललितपुरको बी.पी. स्मृति भवनमा बसेको बैठकले वडा सभापतिलाई सदस्यता वितरण र नवीकरणको लागि साउन १४ सम्मको डेडलाइन दिएको हो । प्रतिनिधि सभा क्षेत्र र वडा तहमा वडा सभापतिमार्फत प्राप्त भएका नयाँ क्रियाशील सदस्यता आवेदन र अनलाइन प्रणालीमार्फत आएका आवेदनहरूलाई अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गतेसम्म तोकिएको छ । यस्तै, पालिका र प्रतिनिधि सभा क्षेत्रले मातहतका तहबाट प्राप्त आवेदनहरू ३ दिनभित्र अनुमोदन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

इन्टरनेटको पहुँच कम भएका हिमाली र विकट पहाडी जिल्लाहरूका साथै भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्यहरूको हकमा एक्सेल फारममार्फत सदस्यता अद्यावधिक गर्ने निर्णय बैठकले गरेको छ । यस्ता फारमहरू साउन १५ गतेभित्र केन्द्रमा बुझाइसक्नुपर्नेछ । यदि कुनै क्षेत्र वा वडाका सभापतिले डिजिटल प्रणालीमा सदस्यता अद्यावधिक गर्न नसकेमा, केन्द्रीय प्रतिनिधिको सिफारिसमा वैकल्पिक व्यवस्था गरी सदस्यता अनुमोदन गरिने निर्णय भएको छ ।

यस्तै,विविध कारणले सदस्यता अद्यावधिक गर्न छुटेका जिल्लाहरूको हकमा पनि केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रले नै काम गर्नेछ ।
कांग्रेसले सक्रिय सदस्यता संख्या न्यून भएका वडाहरूमा विशेष ध्यान दिएको छ। जुनसुकै वडामा क्रियाशील सदस्य संख्या ४० भन्दा कम भएको अवस्थामा वा ३५ वर्ष मुनिका युवा सदस्यहरूको संख्या ५ भन्दा कम भएको अवस्थामा, केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाटै सिधै सदस्यता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै,पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा पार्टीको सङ्गठन सुदृढीकरणका लागि सदस्यता वितरण र नवीकरण प्रक्रियालाई तीव्रता दिन यी निर्णयहरू गरिएको समेत उल्लेख छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]