
Amb
ksbus
Sdc


दाङ । देउखुरीको राजपुर गाउँपालिकामा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूको सहभागितामा शिक्षक मिलन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
संस्थागत विद्यालय समन्वय समिति राजपुरको आयोजनामा समितिका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षता तथा पुर्व सचिव युवराज केसीको प्रमुख आतिथ्यतामा शनिबार राजपुर–१,रानीदहमा कार्यक्रम सम्पन्न भएको हो ।
समन्वय समितिका कोषाध्यक्ष उमा भन्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थागत विद्यालयका शिक्षकहरुबीच आपसी परिचय,अनुभव आदान–प्रदान तथा शैक्षिक क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल गरिएको थियो । शिक्षकहरुको पेशागत हकहित,क्षमता विकास तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा समेत छलफल भएको थियो ।
सो अवसरमा संस्थागत विद्यालय समन्वय समितिका पूर्व सचिव युवराज केसीलाई सम्मान गरिएको थियो। समितिमा रहेर संस्थागत विद्यालय तथा शिक्षकका लागि पुर्याएको केसीको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमले राजपुर क्षेत्रका संस्थागत विद्यालयका शिक्षकहरूबीच थप आत्मीयता र एकताको वातावरण निर्माण गरेको सहभागी शिक्षकहरुले बताएका छन् ।
यसैबीच,कार्यक्रमकै अवसरमा संस्थागत विद्यालय शिक्षक समन्वय समिति, राजपुर गठन गरिएको छ ।
गठित समितिको अध्यक्षमा रोहित यादव चयन भएका छन् भने सचिवमा मधुमालती खडका , सदस्यहरुमा श्रवण कुमार यादव,अमिरका प्रसाद हरिजन र सीता केसी रहेका छन् । ” शिक्षकको अधिकार,जिम्मेवारी र सम्मानका लागि एकताबद्ध” भन्ने मुलमन्त्र नाराका साथ गठित समितिको नेतृत्वमा शिक्षकहरूको पेशागत विकास, विद्यालयहरूबीच समन्वय तथा विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको छ ।
नवगठित समितिले संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुका साझा समस्या तथा आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्याउँदै समाधानका लागि पहल गर्ने जनाएको छ । साथै आगामी दिनमा शिक्षकहरूको क्षमता अभिवृद्धि तथा शैक्षिक सुधारका कार्यक्रमलाई प्राथमिकता दिने बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी केसीले संस्था गत विद्यालय समन्वय समिती राजपुरले अत्यन्तै राम्रो कार्य गर्दै अघि बढिरहेकोले समितिलाई सबैले साथ दिनुपर्ने बताए । कतिपय संस्थागत विद्यालयहरुले कार्यरत शिक्षकलाई अपमानजनक तरिकाले हटाउने गरेको कार्यप्रती आपत्ति समेत प्रकट गरे ।
समितिका सदस्य उमाकान्त यादवद्वारा संचालन गरिएको कार्यक्रममा कार्यक्रमको औचित्यमाथी प्रष्ट पार्दै संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले राजपुरको शिक्षालाई माथी उठाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोमा शिक्षक कर्मचारीहरुलाई धन्यवाद दिदै कार्यरत शिक्षक तथा कर्मचारीले आफुहरुले आफ्नो जिम्मेवारी सकारात्मक तरिकाले पूरा गर्नुपर्ने तर बिना कारण कुनै पनि संस्थागत विद्यालयले शिक्षक कर्मचारीलाई अपमानजनक कार्यशैली देखाइ विद्यालयदेखि निष्कासन गर्ने गरेको पुष्टि भएमा त्यस्ता विद्यालयमाथी गहिरो अध्ययन गरि उचित छानबिन गर्न र आवश्यक कार्वाही अघि बढाउनको लागि ” संस्थागत विद्यालय शिक्षक समन्वय समिती राजपुर ” गठन गर्नुपरेको बताए भने कार्यक्रम सफल बनाउने सम्पुर्णमा समन्वय समितिको तर्फबाट धन्यवाद प्रकट गरे ।
कार्यक्रममा शिक्षकको प्रतिनिधित्व गर्दै शिक्षक मान बहादुर यादव तथा कार्यक्रमका अतिथी देवराज यादव लगायतले आफ्नो मन्तव्य राखेका थिए । बनभोज कार्यक्रममा खानपिन कार्यक्रम पश्चात् सबैले नाचगान गरि कार्यक्रमलाई थप उर्जावान गरेको थिए ।

