Sidha Patra बुधबार, साउन ०६, २०८३

काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेस पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाले नेपालको राजनीतिक परिवर्तन र नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूले देशभर श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरेका छन् ।

त्यस्तै,वि.सं.२०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले आफ्नो कार्यकालमा बिर्ता उन्मूलन र ‘जमिन जोत्नेको’ भन्ने क्रान्तिकारी भूमिसुधार कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए । राजनीतिसँगै नेपाली साहित्यमा पनि कोइरालाको विशिष्ट स्थान रहेको छ । उनका ‘दोषी चस्मा’ (कथा सङ्ग्रह), ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’ र ‘हिटलर र यहुदी’ जस्ता चर्चित उपन्यासहरू प्रकाशित छन् ।

यस्तै,नेपाली साहित्यमा उनलाई ‘मनोवैज्ञानिक यथार्थवादी’ धाराका प्रवर्तक मानिन्छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष गरेका कोइरालाको स्मृतिमा ‘वीपी स्मृति दिवस’ मनाइन्छ । उनको मेलमिलापको नीति र वैचारिक दृष्टिकोण आजको राजनीतिमा पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]