
Ksb
Gsb
Bsn
Tgp
Nsb
Rks
Ssb
Ppu
Rsb
Ksb
Usb
Ksb
Csb
Ssb
दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङका सदस्य तथा वरिष्ट युवा समाजसेवी लमही दाङ निवासी ठाकुर प्रसाद भण्डारीको स्वास्थ्यमा केही सुधार आएको छ। गत फाल्गुन ७ गते उद्योग वाणिज्य संघ लमही को बैठक सकेर घर फर्किदै गर्दा बनगाउँ चोक नजिकै राजमार्गमा ट्रक र उहाँ चढेको मोटरसाइकल एक आपसमा ठोक्किन गई गम्भीर घाइते हुनु भएको थियो। […]
दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँ कमिटीले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी क्यान्सर पीडित लक्ष्मी सुनारलाई नगद १०,००० हजार आर्थिक सहयोग गरेको छ । गाउँकमिटीका सभापति सरद कुमार बिसीको सभापतित्वमा फाल्गुन १० गते बसेको बैठकले पीडित सुनारलाई तत्काल दश हजार आर्थिक सहयोग गर्ने भनि गरेको निर्णय अनुसार सभापति बिसीले लक्ष्मीका छोरी मिनालाई उक्त […]
काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकिएको जनाइएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने विषयमा केही टुंगो लागेको छैन । त्यसो त,संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी […]
बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनु […]
काठमाडौं । संसद पुनःस्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । काठमाडौंको विभिन्न स्थानबाट निकालिएको जुलुस शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । त्यस्तै सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्नु भएको थियो । यस्तै विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका थिए । सूर्य र हँसिया हथौडा बोकेका […]
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख […]
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुग्नु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च जानू भएको हो । त्यस्तै अदालतमा भएको थापा र जबराबीच भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । सर्वोच्च अदालतमा प्रतिनिधी सभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु […]
दाङ । नेपाल दलित मुक्ति संगठन राजपुर गाउँपालिका स्तरीय एकताको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले शान्ता परियार संयोजक र भक्त बहादुर बिक सहसयोजक रहने गरि ३१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको हो । त्यस्तै भेलामा नेकपा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा १ नम्बर प्रतिनिधि सभा इन्चार्ज लुमाकान्त […]
काठमाडौं । प्रदेश नम्बर १ प्रदेश सभाको आजको (आइतबार) बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने भएको छ । प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको मुख्यमन्त्री राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुँदै छ । यस अघि आजको प्रदेश सभा बैठक रोक्न मुख्य मन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गर्नु भएको थियो । तर,सभामुख […]