टेकबहादुर पुन शनिबार, फाल्गुण ०७, २०७८

दाङ । सरकारले देशैभर एकैसाथ हुनेगरी स्थानिय तहको निर्बाचन मिती घोषना गरे सँगै यतिबेला हरेक दलका हरेक आकाँक्षी हरुको नाम चर्चामा छन ।

चुनाबमा वडा सदस्य देखि मेयर सम्म कसको पल्लाभारी रहला! आखिर कसले मार्ला त बाजि? त्यो हेर्न त बाँकी नै छ । त्यो भन्दा पहिले त उम्मेदवारको टिकेट कसको पकेटमा? भन्ने जिज्ञासा पनि उत्तिकै बढेको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसमा अझ बढी चर्चाहरु हुन थालेका छन् ।

यद्यपी प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगायतका दलहरु भित्रपनि संभावित उम्मेदवारका नामहरु आउन थालेका छन् । एमाले र माओबादीहरुको बारेमा चर्चा गर्दै गरौंला । अहिलेलाई अत्यधिक आकाँक्षी रहने नेपाली काँग्रेसको चर्चा गरौँ । दाङको लमही नगरपालिकामा मेयरका आकाँक्षी हरु आधा दर्जन बढी छन । मोहन गिरी, कर्ण बहादुर बुढाथोकी, राकेश पन्त, बासुदेब जँगली, मधु न्यौपाने, जोगराज चौधरी, लिलाराम खनाल लगायतका नामहरु आईरहेका छन । यिनी नामहरु मध्य सबैभन्दा बलियो आकाँक्षीका रुपमा स्थापित छन युवा नेता मोहन गिरी ।

टिकट कै चर्चा चलिरहँदा यतिखेर काँग्रेस भित्र पुरानै पुस्ताले पाउँछन् कि? युवा पुस्ताले पाउलान त? भन्ने अड्कल बाजीहरु पनि तीब्र रुपमा भइरहेका छन् । युवाले नै अबसर पाउनुपर्ने अधिकाँसको माग छ । फेरी पछिल्लो समय युवा पुस्ताहरु नै हाबी भएको देखिन्छ । त्यसको नितान्त उदाहरण हुन विभिन्न दलका महाधिबेसन । दाङको लमही नगरमा पनि दलहरुको अधिबेसन बाट युबा नै हाबी भए ।

काँग्रेस अधिबेसनले पनि युवालाई नै साथ दियो । अहिले लमही मेयरमा पनि युवा नै हाबी हुने राजनितिक बिश्लेसक हरु बताउँछन । यदी त्यसो भएमा युवा नेता मोहन गिरी हाबी हुनेमा दुई मत छैन ।

>>प्रतिनिधीहरुको एकता

लमही नगर अन्तरगतका काँग्रेसी जनप्रतिनिधी हरु एक देखिएका छन । युवालाई अबसर प्रदान गर्नुपर्ने उनिहरुको धारना छ । लमही नगरका ६ वटा वडामा काँग्रेसको बर्चस्व छ । उनिहरु सबै युवाकै पक्षमा देखिएका हुन ।

वडाध्यक्ष भएर सँगै काम गरिरहेका वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीले गिरीकै पक्षमा मत राखे । “मैले मोहन जिलाई राम्रोसँग बुझेको छु, उहाँ जत्तीको ब्यक्तिले मेयरको टिकट पाउनु पर्छ चौधरीले भने- जो सबै काँग्रेसीको लागि खुसीको कुरा पनि हो, नया पुस्तालाई हेर्नुपर्छ भनेर लबिङ्ग पनि थालिएको छ ।” उनी जस्तै वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरी, ८ का मेघ नारायण चौधरी, ९ का भेष बहादुर केसी, ७ का वडा सभापती सालिकराम चौधरी लगायतले गिरीकै पक्षमा धारना ब्यक्त गर्छन ।

त्यसो त लमही मेयर आकाँक्षी मध्य सबै आफैमा अब्बल नै छन । जिवनकालभरी राजनिती मार्फत जनताको सेवामा तत्पर ब्यक्तित्व हरु छन । तरपनि आकाँक्षी मध्यकै केही आकाँक्षीले त गिरीकै पक्षमा जोड दिएको रहस्य खुलेको छ । वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका गणेशमान चौधरीले आकाँक्षी मध्यबाट पनि कोही आकाँक्षीले युवालाई अबसर दिनुपर्ने धारना राखेको बताए । लमही नगर सुन्दर निर्माणका लागि युवा शक्ति अपरिहार्य रहेको जनाउँदै उनले गिरीका लागि गरिने सहयोगमा कञ्जुसाई नहुने बताए । “गिरीको पक्षमा हाम्रो एक मत छ, पार्टीले गहिरो मुल्याङ्कन गरोस वडाध्यक्ष चौधरीले भने-मुल्याङ्कनकै आधारमा गिरीले मेयर टिकट पाउनेमा हामी ढुक्क छौँ ।”

हुन त राजनितीमा असम्भब केही छैन । देखाउने दाँत र चपाउने दाँत फरकधारका हुन्छन । यदी वडाध्यक्षले ढुक्कका साथ भनेझैँ युवा नेता मोहन गिरीले टिकट पाउलान त? त्यो त समयले बताउला ।

>>को हुन मोहन गिरी?

लमही मेयरको आकाँक्षी मध्यका एक प्रमुख र सम्भाबित ब्यक्तित्व हुन मोहन गिरी । सबैभन्दा बलिया आकाँक्षीका रुपमा स्थापित गिरी विद्यार्थी जीवनदेखी काँग्रेसको सक्रिय राजनितीमा छन ।

नेपाल विद्यार्थी संघबाट राजनिती थालनी गरेका नेता गिरी हरेक पुस्ताका लागि उत्तिकै प्रिय मानिन्छन । युवा पिढीको अत्यधिक रोजाईमा परेका गिरी प्रत्यक्ष जनताको जन निर्बाचित जनप्रतिनिधी बनेर काम गर्दै जाँदा थप लोकप्रिय बने । २०५४ सालको स्थानिय तहको चुनाब पश्चात् साबिक सतबरिया गाबिस वडा नम्बर १ को मनोनित वडाध्यक्ष बनेर काम गर्ने अबसर पाए उनले । पहिलो चोटी जनताको माझमा पुगेका गिरी उल्लेख्य काम गरेरै वडा बासीको मन जित्न सफल भए ।

लगत्तै पार्टीको उच्च मुल्याङ्कनमा परेका गिरीको काँधमा नेपाल विद्यार्थी सँघ दाङ क्षेत्र नम्बर १ को क्षेत्रिय अध्यक्षको जिम्बेवारी थपियो । जिवनभर राजनिती मार्फत जनताको सेवक भएर काम गर्ने उद्धेश्य सहित उनले कुशलता पुर्बक जिम्वेवारी निर्बाह गरे र थप चर्चा बटुले । सोही कारण पनि उनलाई पार्टीले अन्य जिम्बेवारीहरु थुपार्दै गयो । काँग्रेसको ११ औँ महाधिबेसनमा पहिलोचोटी क्षेत्रिय प्रतिनिधिको पहुँचमा पुगेका गिरी १२ औँ महाधिबेसनमा देशैभर बाट सबैभन्दा कान्छा उम्मेद्वार बनेर महासमिती सदस्यमा निर्बाचित भए र शिर्ष नेताहरुको नजरमा परे । लगत्तै हालै सम्पन्न काँग्रेस महाधिबेसनमा केन्द्रीय महाधिबेसन प्रतिनिधीको निर्बाचनमा पनि अत्यधिक मतले निर्बाचित भए ।

हाल लमही नगरपालिकाको पुर्बाधार बिकास समितीको सँयोजक भएर काम गरिरहेका गिरी नगरका जनता सँग उत्तिकै प्रिय बनेर परिचित छन । हरेक नेतृत्व सम्हाल्दै अनुभबमा निखारिएका उनी लमही नगरको ७ नम्बरका वडाध्यक्ष समेत हुन ।

काँग्रेस राजनितीमा उनिमात्र यस्तो ब्यक्ती हुन जो अहिले सम्म बिबादमा मुछिएका छैनन । बिबादले असफलताको ढोका खोल्छ भनेर नजिकबाट बुझेका उनले जिवनकालभरी सबैसँग माया र स्नेह बाड्दै हिँडे । त्यसैलेपनि उनको राजनितिक यात्राले सफलताको रफ्तार पाईरहने उनका समकक्षीहरु बताउँछन ।

दाङ देउखुरी क्षेत्रमा काँग्रेसी नेताबिच टाढिएको दुरीलाई जोड्न गिरीको अहम भुमिका रहेको बताईन्छ । एक शिक्षित ब्यक्तित्वका अनुसार धेरै बर्षदेखी आपसमा टाढिएको काँग्रेसी नेताहरुको दुरी नजिक बनेको छ । यसको श्रेय मोहन गिरीलाई नै जान्छ ।

उनका अनुसार गिरीकै कारण देउखुरीमा काँग्रेस भित्रको गुट उपगुट अन्त्यको सुरुवात भएको छ । यसर्थपनि उनले आफुलाई एक प्रखर ब्यक्तीको रुपमा बिकाश गरिसकेका छन ती शिक्षकले भने । यिनै याबत कारणले नेता गिरी पछिल्लो समय नेपाली काँग्रेसको ‘बाद्शाह’ का रुपमा परिचित हुँदैछन् ।

अत्यन्तै सरल र भद्र स्वभाबका गिरी कसैलाई पिराउन चाँहदैनन् । हरेक सँग उत्तिक्कै मिलनसार उनि हँसिलो भाब सहित सबैको दुखसुखमा आफै खटिन्छन् । हरेक किसिमको गुणका खानी भएका उनलाई पार्टीले उच्च मुल्याङ्कन गर्दै मेयरको टिकट दिनुपर्ने आबस्यक देखिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]