
Sssbus1
Ssbus
nsm
Sssbus1
tssbus
Pbu
Gsl
Ssbus
ssbus
Ssbus

Rsb
nsb
Asm
Rgs
Ksm
Ggd
Pvg
Sbs
Bbu
Sls
Wsp
Rgu
Vor
Gst
Hal
Ssm
Rgu
Tsm
Bbbpu

sab
Ptm
Syp
Pls
bbt
Rmb
Mks
Abd
Rpp
Gsb
Bml
Jmb
Jmb
दाङ । सरकारले देशैभर एकैसाथ हुनेगरी स्थानिय तहको निर्बाचन मिती घोषना गरे सँगै यतिबेला हरेक दलका हरेक आकाँक्षी हरुको नाम चर्चामा छन ।
चुनाबमा वडा सदस्य देखि मेयर सम्म कसको पल्लाभारी रहला! आखिर कसले मार्ला त बाजि? त्यो हेर्न त बाँकी नै छ । त्यो भन्दा पहिले त उम्मेदवारको टिकेट कसको पकेटमा? भन्ने जिज्ञासा पनि उत्तिकै बढेको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसमा अझ बढी चर्चाहरु हुन थालेका छन् ।
यद्यपी प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगायतका दलहरु भित्रपनि संभावित उम्मेदवारका नामहरु आउन थालेका छन् । एमाले र माओबादीहरुको बारेमा चर्चा गर्दै गरौंला । अहिलेलाई अत्यधिक आकाँक्षी रहने नेपाली काँग्रेसको चर्चा गरौँ । दाङको लमही नगरपालिकामा मेयरका आकाँक्षी हरु आधा दर्जन बढी छन । मोहन गिरी, कर्ण बहादुर बुढाथोकी, राकेश पन्त, बासुदेब जँगली, मधु न्यौपाने, जोगराज चौधरी, लिलाराम खनाल लगायतका नामहरु आईरहेका छन । यिनी नामहरु मध्य सबैभन्दा बलियो आकाँक्षीका रुपमा स्थापित छन युवा नेता मोहन गिरी ।
टिकट कै चर्चा चलिरहँदा यतिखेर काँग्रेस भित्र पुरानै पुस्ताले पाउँछन् कि? युवा पुस्ताले पाउलान त? भन्ने अड्कल बाजीहरु पनि तीब्र रुपमा भइरहेका छन् । युवाले नै अबसर पाउनुपर्ने अधिकाँसको माग छ । फेरी पछिल्लो समय युवा पुस्ताहरु नै हाबी भएको देखिन्छ । त्यसको नितान्त उदाहरण हुन विभिन्न दलका महाधिबेसन । दाङको लमही नगरमा पनि दलहरुको अधिबेसन बाट युबा नै हाबी भए ।
काँग्रेस अधिबेसनले पनि युवालाई नै साथ दियो । अहिले लमही मेयरमा पनि युवा नै हाबी हुने राजनितिक बिश्लेसक हरु बताउँछन । यदी त्यसो भएमा युवा नेता मोहन गिरी हाबी हुनेमा दुई मत छैन ।
>>प्रतिनिधीहरुको एकता
लमही नगर अन्तरगतका काँग्रेसी जनप्रतिनिधी हरु एक देखिएका छन । युवालाई अबसर प्रदान गर्नुपर्ने उनिहरुको धारना छ । लमही नगरका ६ वटा वडामा काँग्रेसको बर्चस्व छ । उनिहरु सबै युवाकै पक्षमा देखिएका हुन ।
वडाध्यक्ष भएर सँगै काम गरिरहेका वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीले गिरीकै पक्षमा मत राखे । “मैले मोहन जिलाई राम्रोसँग बुझेको छु, उहाँ जत्तीको ब्यक्तिले मेयरको टिकट पाउनु पर्छ चौधरीले भने- जो सबै काँग्रेसीको लागि खुसीको कुरा पनि हो, नया पुस्तालाई हेर्नुपर्छ भनेर लबिङ्ग पनि थालिएको छ ।” उनी जस्तै वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरी, ८ का मेघ नारायण चौधरी, ९ का भेष बहादुर केसी, ७ का वडा सभापती सालिकराम चौधरी लगायतले गिरीकै पक्षमा धारना ब्यक्त गर्छन ।
त्यसो त लमही मेयर आकाँक्षी मध्य सबै आफैमा अब्बल नै छन । जिवनकालभरी राजनिती मार्फत जनताको सेवामा तत्पर ब्यक्तित्व हरु छन । तरपनि आकाँक्षी मध्यकै केही आकाँक्षीले त गिरीकै पक्षमा जोड दिएको रहस्य खुलेको छ । वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका गणेशमान चौधरीले आकाँक्षी मध्यबाट पनि कोही आकाँक्षीले युवालाई अबसर दिनुपर्ने धारना राखेको बताए । लमही नगर सुन्दर निर्माणका लागि युवा शक्ति अपरिहार्य रहेको जनाउँदै उनले गिरीका लागि गरिने सहयोगमा कञ्जुसाई नहुने बताए । “गिरीको पक्षमा हाम्रो एक मत छ, पार्टीले गहिरो मुल्याङ्कन गरोस वडाध्यक्ष चौधरीले भने-मुल्याङ्कनकै आधारमा गिरीले मेयर टिकट पाउनेमा हामी ढुक्क छौँ ।”
हुन त राजनितीमा असम्भब केही छैन । देखाउने दाँत र चपाउने दाँत फरकधारका हुन्छन । यदी वडाध्यक्षले ढुक्कका साथ भनेझैँ युवा नेता मोहन गिरीले टिकट पाउलान त? त्यो त समयले बताउला ।
>>को हुन मोहन गिरी?
लमही मेयरको आकाँक्षी मध्यका एक प्रमुख र सम्भाबित ब्यक्तित्व हुन मोहन गिरी । सबैभन्दा बलिया आकाँक्षीका रुपमा स्थापित गिरी विद्यार्थी जीवनदेखी काँग्रेसको सक्रिय राजनितीमा छन ।
नेपाल विद्यार्थी संघबाट राजनिती थालनी गरेका नेता गिरी हरेक पुस्ताका लागि उत्तिकै प्रिय मानिन्छन । युवा पिढीको अत्यधिक रोजाईमा परेका गिरी प्रत्यक्ष जनताको जन निर्बाचित जनप्रतिनिधी बनेर काम गर्दै जाँदा थप लोकप्रिय बने । २०५४ सालको स्थानिय तहको चुनाब पश्चात् साबिक सतबरिया गाबिस वडा नम्बर १ को मनोनित वडाध्यक्ष बनेर काम गर्ने अबसर पाए उनले । पहिलो चोटी जनताको माझमा पुगेका गिरी उल्लेख्य काम गरेरै वडा बासीको मन जित्न सफल भए ।
लगत्तै पार्टीको उच्च मुल्याङ्कनमा परेका गिरीको काँधमा नेपाल विद्यार्थी सँघ दाङ क्षेत्र नम्बर १ को क्षेत्रिय अध्यक्षको जिम्बेवारी थपियो । जिवनभर राजनिती मार्फत जनताको सेवक भएर काम गर्ने उद्धेश्य सहित उनले कुशलता पुर्बक जिम्वेवारी निर्बाह गरे र थप चर्चा बटुले । सोही कारण पनि उनलाई पार्टीले अन्य जिम्बेवारीहरु थुपार्दै गयो । काँग्रेसको ११ औँ महाधिबेसनमा पहिलोचोटी क्षेत्रिय प्रतिनिधिको पहुँचमा पुगेका गिरी १२ औँ महाधिबेसनमा देशैभर बाट सबैभन्दा कान्छा उम्मेद्वार बनेर महासमिती सदस्यमा निर्बाचित भए र शिर्ष नेताहरुको नजरमा परे । लगत्तै हालै सम्पन्न काँग्रेस महाधिबेसनमा केन्द्रीय महाधिबेसन प्रतिनिधीको निर्बाचनमा पनि अत्यधिक मतले निर्बाचित भए ।
हाल लमही नगरपालिकाको पुर्बाधार बिकास समितीको सँयोजक भएर काम गरिरहेका गिरी नगरका जनता सँग उत्तिकै प्रिय बनेर परिचित छन । हरेक नेतृत्व सम्हाल्दै अनुभबमा निखारिएका उनी लमही नगरको ७ नम्बरका वडाध्यक्ष समेत हुन ।
काँग्रेस राजनितीमा उनिमात्र यस्तो ब्यक्ती हुन जो अहिले सम्म बिबादमा मुछिएका छैनन । बिबादले असफलताको ढोका खोल्छ भनेर नजिकबाट बुझेका उनले जिवनकालभरी सबैसँग माया र स्नेह बाड्दै हिँडे । त्यसैलेपनि उनको राजनितिक यात्राले सफलताको रफ्तार पाईरहने उनका समकक्षीहरु बताउँछन ।
दाङ देउखुरी क्षेत्रमा काँग्रेसी नेताबिच टाढिएको दुरीलाई जोड्न गिरीको अहम भुमिका रहेको बताईन्छ । एक शिक्षित ब्यक्तित्वका अनुसार धेरै बर्षदेखी आपसमा टाढिएको काँग्रेसी नेताहरुको दुरी नजिक बनेको छ । यसको श्रेय मोहन गिरीलाई नै जान्छ ।
उनका अनुसार गिरीकै कारण देउखुरीमा काँग्रेस भित्रको गुट उपगुट अन्त्यको सुरुवात भएको छ । यसर्थपनि उनले आफुलाई एक प्रखर ब्यक्तीको रुपमा बिकाश गरिसकेका छन ती शिक्षकले भने । यिनै याबत कारणले नेता गिरी पछिल्लो समय नेपाली काँग्रेसको ‘बाद्शाह’ का रुपमा परिचित हुँदैछन् ।
अत्यन्तै सरल र भद्र स्वभाबका गिरी कसैलाई पिराउन चाँहदैनन् । हरेक सँग उत्तिक्कै मिलनसार उनि हँसिलो भाब सहित सबैको दुखसुखमा आफै खटिन्छन् । हरेक किसिमको गुणका खानी भएका उनलाई पार्टीले उच्च मुल्याङ्कन गर्दै मेयरको टिकट दिनुपर्ने आबस्यक देखिन्छ ।
