
Ssbus
Sssbus1
Sssbus1
Pbu
ssbus
nsm
Ssbus
tssbus
Ssbus
Gsl

Rgu
nsb
Vor
Ggd
Ssm
Gst
Rsb
Asm
Tsm
Pvg
Sbs
Sls
Hal
Rgu
Wsp
Ksm
Rgs
Bbbpu
Bbu

Gsb
Syp
bbt
Pls
Jmb
Bml
Abd
Rpp
Rmb
Mks
Jmb
Ptm
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नेकपा (माओवादी) केन्द्र राजपुरले वडा स्तरमा जन सम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान चलाएको छ ।
सोमबार राजपुर गाउँपालिका वडा नम्बर ६ का पार्टी कमिटी अध्यक्ष नेत्र बहादुर खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य चक्रबहादुर खड्का (शिखर)को प्रमुख आतिथ्यता र राजपुर गाउँ कमिटीका अध्यक्ष श्याम बहादुर रोका मगरको विशेष अतिथिमा बसेको बैठकले टोल बनाउने,टोल सेल,साधारण सदस्य वितरण,जवस मोर्चाका भेला गर्ने,गाउँ बस्तीमा बस्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकमा राजपुर गाउँ कमिटीका सहसचिव दिलमती वलि,टंकेश्वर गुप्ता लगायतले आफ्नो भनाइ राख्नु भएको थियो । त्यस्तै सो अवसरमा काङ्ग्रेसका सक्रिय सदस्य सुर्य प्रसाद चौधरीले नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नेकपा (माओवादी)केन्द्रमा प्रवेश गर्नु भएको छ । उहाँलाई प्रदेश कमिटीका सदस्य चक्रबहादुर खड्का (शिखर)ले पार्टी प्रवेश गराउनु भएको थियो ।
यस्तै बैठकमा वडा कमिटीका सदस्यहरुले आफ्नो टोल बस्तीको बारेमा रिपोर्ट प्रस्तुत गर्नु भएको थियो भने बैठकको संचालन वडा कमिटीका उपाध्यक्ष धनबहादुर गुरुङले गर्नु भएको थियो ।

