दाङ । सरकारले जसरी भए पनि एमसीसी पास गर्ने तयारी थालेपछि देशैभर विरोध चर्किन थालेको छ । चौतर्फी विरोध भइरेकोमा एमसीसीको विरोधमा दाङको लमहीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी युवा संघ नेपाल, राष्ट्रिय जनमाेर्चा र नेपाल कम्युनिस्ट पार्टीले संयुक्त आयाेजनामा मसाल जुलुस प्रदर्शन गरेका छन् ।
एमसीसी खारेजीको माग गर्दै लमहीमा तीन दलले बजार परिक्रमा गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् । बुधबार साँझ एमसीसी विरुद्धमा शान्तिपूर्ण रूपमा मसाल जुलुस गरेको युवा संघ नेपाल दाङका अध्यक्ष हरिस गिरिले जानकारी दिनुभयो । उहाँले एमसीसी खारेजी हुनुपर्ने मागसहित विरोध प्रदर्शन जारी रहने बताउनुभयाे ।
एमसीसीको विरोधमा माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् । सरकारमा रहेका माओवादी र एकीकृत समाजवादीका भातृ संगठन सडक प्रदर्शनमा उत्रिएका छन् । लमहीको काेइलाबास चोकबाट शुरु भएको ¥यालीले भेटघाट हाेटल हुदैँ चोकमा पुगी कोणसभामा परीणत भएको थियो ।
काेणसभालाई नेपाल कम्युनिस्ट पार्टीका लमही नगर इञ्चार्ज जनक विक, राष्ट्रिय जनमाेर्चा लमही नगर कमिटी अध्यक्ष हरि थापा लगायतले सम्बाेधन गर्नुभएको थियो । कार्यक्रमकाे सहजिकरण नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी युवा संघ नेपाल लमही नगर अध्यक्ष किसन भट्टराईले गर्नुभएको थियो ।