Sidha Patra सोमबार, फाल्गुण ०९, २०७८

प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् ।

वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले प्रतिक्रिया दिए ।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ’,थापाले भने,‘एक्कासी यूवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको यूवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । नेकपा प्युठानले दस बुँदे बक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ।नेकपाका जिल्ला सेक्रेटरी अजयद्वारा हस्ताक्षरीत बक्तब्यमा मल्लरानी ५ सरङकोट स्थित भूमे बिकास आधारभुत बिद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा संकाशपद ब्यक्तिलाई संरक्षण गरेको ,उक्त बिद्यालयका शिक्षक शिक्षिकालाई अभिभाबकले सामाजिक बहिष्कार गर्दा पनि गाउँपालिकाले संरक्षण गरेको ,प्रदेशबाट प्राप्त ३६ लाख बजेट प्रमुख प्रशासकीय अधिकृतले फ्रीज गरेको र अहिले ३० लाख बजेट बिनियोजन गरि स्टेटमेन्ट अनुसार काम नगरेको,सरकारले छुटटाएको बजेटमा ब्यक्तिगत तमसुक बनाएर मात्र बजेट विनियोजन गर्ने गरेका तम्सुक नगराएमा फ्रिज गर्नेधम्की दिने गरेको ,झाक्रिस्थान र वडा नं. ५ को बाटो मर्मत नहुदा यातायमा समस्या हुने गरेको , विपन्न परिवारलाई वितरण गर्ने सोलार विजुली बत्ति बल्ने घरमा वितरण गर्ने गरेको लगायतको आरोप लगाएको छ ।

त्यस्तै कोभिड १९ को खर्च जनताले माग्दा पनि सार्बजनिक नगरेको ,जस्तापाता पनि कमिसनमा पक्कि घरमा दिएको लगायत जनाको फोन नउठाउने र जनतासंग जे मुखमा आयो त्यहि बोल्ने गरेको कारणले गर्दा कालो मोसो दल्न बाध्य भएको नेकपा प्यूठानले स्पष्ट पारेको छ ।कामनाडेलि

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]