
Snmbs
Gesld
Pbu
dpm
Dpm
Dbc
rgs
Sdc
sjnsplk
Amb
Ges
Snmbs
pvg
snmbs
Mbf


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मसुरियास्थित गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा पालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूमा प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्ने, सेवाप्रवाहलाई प्रभावकारी बनाउने तथा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए । उनले स्वास्थ्य संस्थाहरूले न्यूनतम सेवा मापदण्ड पूर्ण रूपमा पालना गरेमा सेवाग्राहीले सहज र विश्वासिलो सेवा प्राप्त गर्ने उल्लेख गरे । “स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन पूर्वाधार विकाससँगै सेवा प्रवाहको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण छ,” अध्यक्ष विष्टले भने, “स्वास्थ्य संस्थाहरूले मापदण्डअनुसार सेवा प्रदान गर्न सके नागरिकको स्वास्थ्य सेवाप्रतिको विश्वास अझ बढ्नेछ ।”
त्यस्तै, स्वास्थ्य शाखा प्रमुख नारायण राउतले न्यूनतम सेवा मापदण्ड स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्याङ्कन गर्ने महत्वपूर्ण आधार भएको बताए । उनले साे मापदण्ड कार्यान्वयनले स्वास्थ्य संस्थामा सुशासन, पारदर्शिता, अभिलेख व्यवस्थापन, औषधि तथा उपकरणको उपलब्धता र सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने जानकारी दिए । राउतले स्वास्थ्यकर्मीहरूलाई मापदण्डका सूचकहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी स्वास्थ्य संस्थाको समग्र स्तर उकास्न आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य संस्थाले पूरा गर्नुपर्ने न्यूनतम सेवा मापदण्ड, सेवा व्यवस्थापन, अभिलेख तथा प्रतिवेदन प्रणाली, सरसफाइ, बिरामीमैत्री सेवा, औषधि व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
