सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण,गर्ने ५ जना पक्राउ

काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो […]

देउखुरीको लमहीमा पार्किङ गरि राखेका आधादर्जन गाडी माथि अज्ञात समुहद्वारा तोडफोड :

दाङ । देउखुरीको लमही बजार सडक छेउमा पार्किङ गरेर राखिएको आधादर्जन गाडी माथि अज्ञात समुहले गए राति तोडफोड गरेको छ ।लमही बजारको गोरक्षटोलमा आ-आफ्नो घर अगाडि पार्किङ गरेर राखेका गाडीहरुमा अज्ञात समुहले ढुंगा र इट्टाको प्रयोग गरि सिसा तोडफोड गरि क्षति पुर्‍याका छन् । यसरी तोडफोड गर्दा एउटा कार दुईवटा पिकअप,एउटा मिनिट्र्क र दुईवटा बसका […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । त्यस्तै प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको […]

आज प्रदेश-२ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिँदै

महाेत्तरी । प्रदेश-२ को सरकारले आउँदाे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ । यस्तै आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई […]

जीप दुर्घटना हुँदा अर्घाखाँचीमा चालकको मृत्यु

बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा बिहीबार बिहान लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । त्यस्तै ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार […]

फेरिपनि कर्णाली प्रदेश सभा बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक निरन्तर राेकिँदै आएकाे छ । भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई नहटाइएसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडान कायमै रहेपछि बैठक राेकिँदै आएको हो । जेठ २४ गतेदेखि सुरु भएको बैठक निरन्तर राेकिँदै आएको हाे । त्यस्तै आज बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले […]

बिहीबार आज खण्डग्रास सूर्य ग्रहण लाग्दै

काठमाडौं । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन । त्यस्तै जेठ महिनाको अमावश्यमा हुन लागेको […]

सरकारलाई संसद विघटनबारे १५ दिनभित्र जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको मुद्दामा सरकारसँग लिखित जवाफ मागेको छ । संसद विघटनविरुद्धको मुद्दामा बुधबार संवैधानिक इजलासले सुनुवाइ गर्दै सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो । रिट निवेदकको माग अनुसार अन्तरिम आदेश दिन पनि अस्वीकार गर्दै सर्वोच्चले संसद विघटन गर्नुको कारण माग गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् र […]

प्युठानका एक परिवारद्वारा स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग

प्युठान । कोरोना संक्रमणको दोस्रो लहर बढीरहेको अवस्थामा भयाभह स्थितीलाई मध्यनजर गर्दै प्युठानमा एक परिवारले स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्युठान नगरपालिका वडा नं २ दाखाक्वाडी निवासी खानेपानी तथा सरसफाई टेक्नीसियनबाट सेवा निर्बितीभरण हुनुभएका सूर्यबहादुर धामी, उहाँका छोराहरु हाल ऐरावती गाउँपालिका वडा नं १ दाङ्गवाङ्ग स्वास्थ्य चौकीमा कार्यरत(हेल्थ असिष्टेन्ट) प्रवेश धामी र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]