
Gisld
Gmk
Mbdvs
Rbs
Anm
Ksm
Sds
Pbu
mbd

Ksm
Rsb
Sls
Hal
Ssm
Sbs
Rgs
Rgu
Asm
Wsp
Vor
Bbu
Bbbpu
Pvg
Ggd
nsb
Gst
Tsm
Rgu

Ptm
Rpp
sab
Mks
Jmb
Rmb
Bml
Pls
bbt
Gsb
Jmb
Abd
Syp
काठमाडौं । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन ।
त्यस्तै जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो । नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्यग्रहण नेपालको कुनैपनि हिस्साबाट नदेखिने ढुंगेलले जानकारी दिए ।
यस्तै ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । जसलाई पश्चिमाहरुले रिङ अफ फायर भन्ने गर्छन् । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा कुण्डलाकार सौर्यग्रहण लाग्छ । सामान्यतया, यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले हुन्छ र केही समयको लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ ।
