Sidha Patra बुधबार, जेठ २६, २०७८

प्युठान । कोरोना संक्रमणको दोस्रो लहर बढीरहेको अवस्थामा भयाभह स्थितीलाई मध्यनजर गर्दै प्युठानमा एक परिवारले स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्युठान नगरपालिका वडा नं २ दाखाक्वाडी निवासी खानेपानी तथा सरसफाई टेक्नीसियनबाट सेवा निर्बितीभरण हुनुभएका सूर्यबहादुर धामी, उहाँका छोराहरु हाल ऐरावती गाउँपालिका वडा नं १ दाङ्गवाङ्ग स्वास्थ्य चौकीमा कार्यरत(हेल्थ असिष्टेन्ट) प्रवेश धामी र काठमाडौंमा अध्ययन तथा सर्जीकल सप्लायर्समा काम गर्दै आउनुभएका मदन धामीले संयुक्त रुपमा स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।

यो परिवारले प्युठान नगरपालिकालाई स्वास्थ्य सामाग्री पि.पि.ई. २ सेट, सर्जीकल मास्क ५ सय पिस, सेनिटाईजर ५०० एम.एल.को १ पिस, ग्लोब्स ६ जोडी, फेस सिल्ड १ पिस र पत्ता स्याटाईजर सहयोग गरेको छ। त्यस्तै ऐरावती र माण्डवी गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । यी दुई पालिकालाई प्रति पालिका पिपिई २ सेट, मास्क ५०० पिस, ग्लोब्स ६ जोडी, फेस शिल्ड १ पिस र पत्ता स्यानिटाईजर सहयोग गरिएको हो । कोभिड १९ को संक्रमण बढीरहेको अवस्थामा यसबाट बच्नका लागि स्थानीय तहलाई केही सहयोग होस भन्ने उदेश्यले सामाग्री हस्तान्तरण गरिएको सहयोगदाता प्रवेश धामीले बताउनुभयो । सामाजिक सेवा गर्ने उदेश्यले सामाग्री सहयोग गरिएको उहाँको भनाई छ।

कोरोना संक्रमणको समयमा केही स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्थानीय तहका प्रमुखहरुले उक्त परिवारलाई धन्यवाद समेत दिएका छन् । धामी परिवारले यस पूर्व प्युठान नगरपालिका वडा नं १ र २ लाई स्वास्थ्य सामाग्री सहयोग गरेको थियो भने आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]