
jmb
jms
Asm
Bpb
Rg-9
Ssbus
gms
Ppu
Gsbus
Sys
smb

Gg5
bml
kbs
Rys
Ln9
Ln3
Dps
Ln1
bmj
Ssb
Ln8
Sbs
Gg1
Ln2
Ln7
cks
Usb
Tsb
Hl1
Gsb

Jpb
Nps
Sml
Gg2
Rss
Bpb
Gg4
Ksb
Snk
Gjl
Rgu
ptl
Jab
Sbs
Sab
Gg6
Gg3
काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।
त्यस्तै सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।
शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।
निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ । साभार अनलाइनखबर
