नेपाल प्रहरीका ४ जना डीआईजीलाई गृह मन्त्रालयले गर्‍यो एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ। सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। त्यस्तै प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव […]

नेपाल राष्ट्रिय मावि भालुबाङकाे ५५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आईतबार विद्यालय परिसरमा सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर मरासिनीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवं राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमान्द सुवेदी ,उपाध्यक्ष कमलापति चाैधरी […]

राष्ट्रिय मदरसा संघले गर्‍यो फुयालको स्वागत केसीको बिदाई

कपिलवस्तु । राष्ट्रिय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीको अध्यक्षतमा बिदाई तथा स्वागत कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी […]

लागूऔषध दुर्व्यसनीको अवस्था बिकराल छ: प्रमुख जिल्ला अधिकारी बैद्य

दाङ । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले पछिल्लो समय लागूऔषध दुर्व्यसनीको अवस्था बिकराल रहेको बताउनु भएको छ । लागुपदार्थ सेवनकर्ताले समाजमा समस्या बढाएको उहाँको भनाइ छ । पछिल्लो समय लागूऔषधको जोखिम बढेको भन्दै यसको न्यूनीकरण गर्नका लागि सबैको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर ओलीले स्थानीय तहले वडा-वडा […]

नेपाल भेटेरिनरी एशोसिएसन-लुम्बिनी प्रदेश समितिको तेस्रो साधारण सभा सम्पन्न

रुपन्देही । नेपाल भेटेरिनरी एशोसिएसन- लुम्बिनी प्रदेश समितिको तेस्रो साधारण सभा एवं अधिवेशन बुटवलमा सम्पन्न भएको छ । कार्यक्रम प्रादेशिक समितिका अध्यक्ष्य पशु चिकित्सक डा. बसन्त आचार्यको सभापतित्व र नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रिय अध्यक्ष पशु चिकित्सक डा. शीतल काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनले पशु चिकित्सक डा. युवराज पन्थको अध्यक्षतामा ११ सदस्य […]

सतभरामा रहेको श्री समय मात मन्दिरमा दशमीका दिन विशाल भण्डारा हुने सबैलाई चूलो निम्तो

कपिलवस्तु । कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। चैत्र १७ गते शुक्रवार दशमीका दिन भण्डारा तथा प्रसाद वितरण सबै श्रद्धालुलाई चूलो निम्तो रहेको आयोजक समितिले जनाएको छ । समयमातापुरम सतभरामा दुर्गा मन्दिर हनुमान मन्दिर भैरव मन्दिर शनि मन्दिर तथा देवी सागर […]

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो

दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधार मन्त्री इन्द्रजित चौधरीले जानकारी दिए। त्यस्तै लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । माओवादी केन्द्रको समर्थन फिर्तासँगै मुख्यमन्त्री लीला गिरी नेतृत्वको […]

दर्शकको साथ सहयोग र मायाले उत्साहित छु : नायक पल शाह

दाङ । नेपाली सिनेमा जगतका अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जागर आएको बताएका छन् । अब निरन्तर दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उनको भनाइ छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वगत सम्मान तथा साक्षात्कारमा बोल्दै शाहले भने’ विगत एक […]

मुक्त कमैया समाजको प्रथम सम्मेलन देउखुरीको लालमटियामा सम्पन्न

दाङ । मुक्त कमैया समाजको प्रथम सम्मेलन लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लालमटियामा शनिबार सम्पन्न भएको छ । “सम्पूर्ण मुक्त कमैया एकजुट हौ,न्यायिक पुनर्स्थापनाका लागि अघि बढौ” भने मूल नाराका साथ राप्ती गाउँपालिकाको मूलगेट मसुरियाबाट सुरु भएको र्‍यालि लालमटिया टुँडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो । त्यस्तै सम्पूर्ण मुक्त कमैया एकजुट हौ अधिकारको लागि अघि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]