
Sgr
pku
Gfs
Srbpu
Lnp
Rgp
Djs
Pbu
Ggp
Unsku
sbs
cjs
Pes
Rgp1

Ggd
Ssm
Vor
Rgu
Pvg
Sls
Wsp
Bbbpu
nsb
Asm
Rgu
Sbs
Rgs
Gst
Bbu
Rsb
Tsm
Hal
Ksm

Rmb
Abd
Bml
Pls
Syp
Ptm
sab
bbt
Rpp
Jmb
Gsb
Jmb
Mks
दाङ । नेपाल नेत्रज्योति संघ दाङ शाखाले ४५ औं नेत्रज्योति दिवस मनाएको छ । हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी भन्ने मुल नाराका साथ संघले दिवस मनाएको हो । अन्धोपन निवारणका लागी नेपालमा २०३५ सालमा नेपाल नेत्रज्योति संघ स्थापना भइ अन्धोपन निवारणमा संघले उदाहरणीय काम गरेको नेपाल नेत्रज्योति संघ दाङका सभापती कृष्ण कुमार गिरीले बताए ।
त्यस्तै दुर्गम भेगहरुमा धेरै मानिसहरुको दृष्टी फर्काएर नयाँ जिवन दिएको गिरीको भनाइ छ । नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत संचालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पपताले हजारौं व्यक्तिहरुलाइ दृष्टि प्रदान गरेको संघका सचिव सुरेन्द्र वहादुर खड्काको बताए । अन्धोपन न्यूनीकरण गर्न राज्यका सवै संयन्त्रहरु जिम्मेवार हुनुपर्छ खडकाले भने। मुनाफारहित संस्थाले दृष्टि गुमेकाहरुलाइ दृष्टि दिन संघ अन्तर्गत संचालिन आँखा अस्पताल र आँखा उपचार केन्द्रले गरेको कार्यहरु उदाहरणीय रहेको प्रति मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष सुवेदीले खुसी व्यक्त गरेका छन ।
सेवालाइ अझ प्रभावकारी रुपले अगाडी वढाउन आफुहरुको निरन्तरता सदैव रहने प्रतिवद्धता व्यक्त गरेका छन । यसैबीच दिवसको अवसर पारी तुलसीपुर ४ नेत्रज्योति टोलका स्थानीयहरुलाई नजिकको चश्मा वितरण गरिएको छ भने शल्यक्रिया गरेका विरामीहरुलाइ फलफुल वितरण पनि गरिएको छ । अन्धोपनबाट बच्न तथा नजिकको दृष्टि कमजोर भएर चश्मा किन्न नसकेका व्यक्तिलाइ चश्मा दिइ सहज जीवनयापन गर्न मद्धत पुगेको सेवग्राही नोखिराम वलीले बताए ।
यस्तै आर्थिक अभावका कारण चश्मा किन्न नसकेर वसेका वृद्धवद्धाहरुले पनि नजिकको चश्मा पाएपछि घरको स-सानो कामहरु आफै गर्न सहज हुने रमा सुवेदीको भनाइ छ । अस्पतालले निशुल्क चश्मा वितरण गरेर पुन्य कमाएको उनको भनाइ छ । राप्ती आँखा अस्पतालमा आएका ४० वर्षमाथिका १ सय ३ जनालाइ लेखपढ र काम गर्न सहज होस भनेर नजिकको चश्मा वितरण गरिएको दृष्टि विशेषज्ञ ओम प्रकाश यादवले जानकारी दिए ।
कार्यक्रममा संघका सल्लाहकार नेत्रमणी लामिछाने, कोषध्यष श्याम प्रकाश आर्चाय, आजिवन सदस्यहरु, अकुलोप्लाष्टिक सर्जन तथा आँखा क्यानसर रोग विशेषज्ञ डा. सुरश रसाइली, कर्निया विशेषज्ञ डा. ज्योति सापकोटा, बालनेत्र रोग विशेषज्ञ डा. निता सोनाम, निर्वतमान प्रशासकीय अधिकृत किरण पौडेल, वाह्य कार्यक्रम अधिकृत शालिकराम गौतम, सुचना अधिकारी बालाराम खड्का लगाएतकाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सह सचिव चिरन्जीवि रिजालले गरेका थिए ।
