
Rgp
Ggp
Asbus
Ksbus
Ggp
Sdc
Lnp
Msbus
Ksbus


दाङ । एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । जिल्लामा एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउँदै नागरिकको सहजताका लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो ।
एम्बुलेन्सको भाडा मनोमानी ढङ्गले आफू खुसी लिने गर्दा त्यसको मारमा सर्वसाधारण नागरिक पर्ने गरेको जनगुनासो बढेपछि २०८२ असोजको २९ गते बसेको समितिको बैठकले भाडादर निर्धारणका लागि जिल्ला एम्बुलेन्स सेवा शुल्क भाडादर निर्धारण उपसमिति गठन गरेको थियो । उक्त समितिले सरोकारवालासँग छलफल र छिमेकी जिल्लामा लागु गरिएको भाडादर अध्ययन गरेर दाङका घोराही, तुलसीपुर,लमही र भालुवाङलाई केन्द्र मानेर तयार गरेको भाडादर कायम गरिएको छ ।
त्यस्तै समितिले जिल्लाका विभिन्न सडकखण्डसँगै बाहिरी जिल्लाका लागि भाडादर कायम गर्दै एम्बुलेन्स सञ्चालक संस्थालाई आफ्ना एम्बुलेन्समा २१ दिनभित्र जिपिएस प्रणाली जडान गर्न निर्देशन दिएको छ । प्रादेशिक एम्बुलेन्स प्रेषण केन्द्र भालुवाङका अनुसार दाङमा हालसम्म १५ वटा एम्बुलेन्समा मात्र जिपिएस प्रणाली जडान गरिएको छ । जिल्लामा रहेका करिब ७३ वटा एम्बुलेन्समध्ये ४८ वटा केन्द्रको सम्पर्कमा रहेपनि १५ वटाले मात्र जिपिएस प्रणाली जडान गरेका छन् ।
समितिले घोराहीदेखि विभिन्न गन्तव्यका लागि भाडादर कायम गरेको छ । जसअनुसार घोराही –तुलसीपुर सडकखण्डमा दुई हजार दुई सय, घोराही–कोहलपुर छ हजार पाँच सय, घोराही –नेपालगन्ज सात हजार, घोराही–बुटवल आठ हजार, घोराही–भैरहवा आठ हजार पाँच सय, घोराही–चितवन १६ हजार, घोराही–काठमाडौँ २२ हजार,घोराही–मुर्कटी सडकखण्डमा चार हजार पाँच सय,घोराही कमिरेचौर/स्युजा तीन हजार पाँच सय, घोराही–सैघा तीन हजार, घोराही–हाँसीपुर चार हजार पाँच र घोराही–लमही सडकमा दुई हजार पाँच सय भाडादर कायम गरिएको छ ।
त्यसैगरीे तुलसीपुर–कोहलपुर पाँच हजार पाँच सय,तुलसीपुर –नेपालगन्ज छ हजार सय,तुलसीपुर –बुटवल नौ हजार, तुलसीपुर–भैरहवा नौ हजार पाँच सय, तुलसीपुर–चितवन १७ हजार,तुलसीपुर–काठमाडौँ २३ हजार रुपियाँ भाडादर निर्धारण गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख एवम् समितिका सदस्य सचिव टिवी गुरुङले जानकारी दिए ।
त्यस्तै उनका अनुसार लमही–तुलसीपुर सडकखण्डमा चार हजार,लमही–कोहलपुर पाँच हजार पाँच सय, लमही–नेपालगन्ज छ हजार, लमही–बुटवल छ हजार पाँच सय, लमही–भैरहवा सात हजार, लमही–चितवन १४ हजार, लमही –काठमाडौँ २० हजार, भालुवाङ–लमही दुई हजार,भालुवाङ–घोराही चार हजार,भालुवाङ –तुलसीपुर छ हजार,भालुवाङ–कोहलपुर छ हजार पाँच सय,भालुवाङ–नेपालगन्ज सात हजार, भालुवाङ–बुटवल पाँच हजार पाँच सय, भालुवाङ –भैरहवा छ हजार, भालुवाङ–चितवन १३ हजार र भालुवाङ–काठमाडौँ १९ हजार भाडादर कायम गरिएको छ ।
साथै स्थानीय रुटमा नगरक्षेत्रभित्र पाँच किलोमिटरसम्म पक्की सडकमा पाँच रुपियाँ र कच्ची सडकमा सात सय कायम गरिएको छ । पाँच किलो मिटरभन्दा बढी पक्की सडकमा जानुपरेमा प्रतिकिलोमिटर एक सय रुपियाँ र कच्ची सडकमा जानुपरेमा एक सय ५० रुपियाँ प्रतिकिलो मिटर भाडा लिन सकिने निर्णय गरिएको छ ।
त्यस्तै जिल्लामा सञ्चालन भएका एम्बुलेन्सलाई कानुनी दायरामा ल्याउँदै नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले भाडा निर्धारणसँगै जिपिएस जडान गर्ने निर्णय गरिएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका सदस्य सचिव गुरुङले बताए ।
