
Pbu
Ggp
Srbpu
cjs
Ses
Rgp
Djs
Lnp
Pes
Unsku
Sgr
Rgp1
pku
Gfs

Vor
Asm
Sls
Tsm
Bbbpu
Rgu
Rsb
Gst
Pvg
nsb
Wsp
Rgs
Ksm
Bbu
Sbs
Ggd
Hal
Ssm
Rgu

Bml
Mks
bbt
sab
Abd
Ptm
Gsb
Syp
Rpp
Pls
Jmb
Rmb
Jmb
रुपन्देही । नेपाल भेटेरिनरी एशोसिएसन- लुम्बिनी प्रदेश समितिको तेस्रो साधारण सभा एवं अधिवेशन
बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रम प्रादेशिक समितिका अध्यक्ष्य पशु चिकित्सक डा. बसन्त आचार्यको सभापतित्व र नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रिय अध्यक्ष पशु चिकित्सक डा. शीतल काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
अधिवेशनले पशु चिकित्सक डा. युवराज पन्थको अध्यक्षतामा ११ सदस्य सहित को नया कार्यकारी समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. सुमन कुमार सिंह, सचिवमा डा. भरत काफ्ले, सह-सचिवमा डा.अविनाश क्षेत्री र कोषाध्यक्षमा डा. अशोक पाराजुली निर्वाचित हुनु भएको हो । त्यसैगरि सदस्यहरुमा डा.मदन भन्डारी,डा.कृष्णा खडका, डा. सुमित सिंह जिसि, डा.केशब लम्साल, डा. पवन पाण्डे र डा. माधब रावत निर्वाचित भएका छन् ।
अबको कार्य समितिले सरकारी,गैरसरकारी,निजि क्षेत्रमा रहेका सम्पूर्ण लुम्बिनी प्रदेशका पशु चिकित्सक को हकहितका लागि काम गर्ने नव निर्वाचित अध्यक्ष डा. युवराज पन्थले जानकारी गराउनु भयो ।
हालको कार्यसमिती युवा हरुको नेतृत्वमा बनेको उत्साहजनक समिति भएको नव निर्वाचित सचिव डा. भारत काफ्ले बताउनुभयो । प्रदेशका सम्पूर्ण पशु चिकित्सकहरुको विभिन्न नवीन प्राविधिक सीप विकास गरि पशु पालन क्षेत्रलाई वैज्ञानिक ढंगले प्रबर्धन गर्न यस कार्यसमितीले अहोरात्र खटिने प्रतिबद्धता जनाएको छ । नेपाल भेटेरिनरी एशोसिएसन देश भित्र र देश बाहिर छरिएर रहेका पशु चिकित्सकहरुको पेशागत हकहित र मर्यादाको संरक्षण र सम्बर्धन गर्नको लागी स्थापित छाता संगठन हो।
