
jsb
Ppu
Csb
Ksb
Usb
Rks
Tgp
Ksb
Ssb
Ssb
Bsn
Gsb
Ksb
Rsb
Fmb
Nsb

Ssb
Tsb
Usb
Gsb
Hl1

Nps
Rgu
ptl
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २, बेला स्थित मृगौला र दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई अर्थिक सहयोग गरिएको छ ।
समाजसेवी मानबहादुर बुढाको पहलमा हाल अमेरिकामा बसोबास गर्दै आएका दस जनाले संकलन गरेर पठाएको कुल ९३ हजार एक सय पचास रुपैयाँ आइतबार हस्तान्तरण गरिएको हो ।
प्रदान गरिएको सहयोग रकम अमेरिकी डलरमा:-
१. महेन्द्र बुढा मगर काँडा -४, पुर्व रुकुम $101
२. ईश्वर बुढा मगर तकसेरा-११, पुर्व रुकुम $101
३. बिरोध घर्ती मगर घोराही, दाङ $101
४. विजय बुढा मगर तकसेरा -११, पुर्व रुकुम $51
५. अशोक बुढा मगर तकसेरा -११, पुर्व रुकुम $51
६. मुलमान बुढा मगर तकसेरा -१०, पुर्व रुकुम $51
७. सुरेन्द्र बुढा मगर तकसेरा -१०, पुर्व रुकुम $51
८. आशिष बुढा मगर कोल -१२, पुर्व रुकुम $51
९. जोढे बुढा मगर तकसेरा -१०, पुर्व रुकुम $51
१०. सुमन बुढा मगर तकसेरा -१०,पुर्व रुकुम $51
मानबहादुर बुढाले केहि समय अघि आफ्नो फेसबुक वालमा सुरेन्द्रको ज्यान बचाउन भनि आर्थिक सहयोगका लागि अनुरोध गरेका थिए । सोही आधारमा हाल अमेरिकामा बस्ने सबै आफ्ना साथीहरुले तत्काल रकम उठाएर पठाएपछि मानबहादुरले उक्त रकम घरमै पुगेर हस्तान्तरण गरेका हुन् । बुढाले आर्थिक सहयोग गर्ने सम्पूर्ण मनकारी मनका धनी ती सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
त्यस्तै सुरेन्द्रले ४ वर्ष अघि दुईवटा आँखा गुमाएर ओछ्यानमा थला परेका थिए भने ३ वर्षपछि दुवै मृगौला गुमाएका हुन् । अहिले उनले लमही स्थित सामुदायिक डायलाइसिस सेन्टरमा डायलाइसिस गर्दै आएका छन् । पीडित पुनले आफुलाई बचाउन देश तथा विदेशमा बसेका सम्पूर्ण नेपालीहरुमा अनुरोध समेत गरेका छन् । सहयोग गर्न चाहनेले सम्पर्कका लागि सुरेन्द्र पुन 9701128622 र मानबहादुर बुढाको मोबाइल नम्बर 9847825994 सम्पर्क गरि सहयोग गर्न सकिन्छ । ज्योति बिकास बैंकको चेक 

